देजमो नेपाल धादिङको जिल्ला भेला भव्य रुपमा सम्पन्न

प्रकाशित मिति : २०७५ फाल्गुन ३०

धादिङबेसी । देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल धादिङको जिल्ला भेला भव्य रुपमा सम्पन्न भएको छ । देजमो नेपालको चैत्र २४ मा हुन गइरहेको राष्ट्रिय सम्मेलनलाई लक्षित गरेर देशभरका देजमोका प्रदेश तथा जिल्लाहरुमा भेला तथा सम्मेलनहरु सम्पन्न हुँदै गर्दा धादिङ जिल्लाको यो भेला सम्पन्न हुन गएको हो ।

भेलाले रामकुमार शाहको अध्यक्षतामा १५ सदस्यीय जिल्ला समिति चयन गरेको छ । निर्वाचित उपाध्यक्षमा लक्ष्मी शाह, सचिवमा कृष्णकुमार श्रेष्ठ तथा सदस्यहरुमा गोपाल रिजाल, श्याम लामा, रामलाल श्रेष्ठ, गोविन्द परियार, राजकुमार चेपाङ, लिलामणि न्यौपाने, ज्ञानबहादुर घले रहेका छन् ।

भेलामा देजमो केन्द्रीय सदस्य शिव श्रेष्ठ र धादिङ जिल्लाका जिल्ला सेक्रेटरी अमृत अधिकारीको अतिथिका रुपमा सहभागिता रहेको थियो ।