असफलताको धुरी उक्लदै चीन–अमेरिकी व्यापारवार्ता

प्रकाशित मिति : २०७५ फाल्गुन २८

काठमाडौं । चीन र संयुक्तराज्य अमेरिकाबीच विगत तीन महिनादेखि चलिरहेको व्यापार वार्ता अझैं पनि अनिश्चित अवस्थामा रहेको छ । कुनै पनि निष्कर्षको बाटो समात्न नसकेको यो वार्ता वार्ताको नाममा भने जारी रहेको छ । व्यापार वार्ता आफैमा व्यापार बनिरहेको व्रिलेषकहरुको दाबी छ ।

एकातिर व्यापार वार्ता पनि चलिरहेको छ र अर्कोतिर त्यसमा लिलाम बढाबढ पनि भइरहेको पनि छ । वासिङ्टन र बेइजिङले आपसमा विवादास्पद टिप्पणीहरु पनि गरिरहेका छन् । यसले वार्तालाई निकै पेचिलो र अन्यौलतातिर धकेलिरहेको छ । समस्या समाधानतिर होइन, लफडातिर अघि बढिरहेको विज्ञहरुको दाबी छ । दुबै महाशक्तिका उच्च ओहदाका व्यक्ति तथा टिप्पणीकारहरुबाट एकापस टिप्पणीका दोहोरीहरु चलिरहेका छन् । यसले दुवै देशका साथै विश्व शेयर बजारमा समेत निकै तरलता ल्याइदिएको छ ।

एकले अर्कासँग खोचे थाप्ने र निहुँ खोज्ने क्रममा राष्ट्रपति डोनाल्ड ट्रम्पले आफू व्यापार वार्ताप्रति आशावादी भएकाले यसलाई जारी राखेको बताएका छन् । उनको जिकिर के कुरामा रहेको छ भने अमेरिकाका जायज सरोकारका कुराहरु वार्तामा सम्बोधन नहुँदासम्म चीनसँग हुने र गरिने भनिएका कुनै पनि संझौतामा हस्ताक्षर गरिने छैन । कुटनीतिक दबाब दिन निकै चतुर राष्ट्रपति ट्रम्प आफ्ना एकजना आर्थिक सल्लाहकारमार्फत् अमेरिका वार्ताबाट जहिले पनि बाहिरिन सक्ने डर र धम्की दिइरहेका छन् ।

उता चीन पनि विश्वबाट खुम्चदै गइरहेको अमेरिकासित नतर्सिएर तर सतर्कतापूर्वक वार्ता र संवादको बाटो अघि बढाइरहेको छ । चीन आफूले आर्थिक विकासमा लिइरहेको गतिमा अबरोध नआओस् भन्नेमा प्लस माइनस हिसाब गरेर अघि बढिरहेको छ ।

विश्वका दुई ठूला आर्थिक महाशत्तिहरु चीन र अमेरिकाबीच व्यापारका विषयमा विवाद चुलिएको एक वर्षभन्दा बढी भइसकेको छ । यी दुबै देशबाट एकअर्का देशमा खर्बौ डलर बराबरको सामान आयात निर्यात भइरहन्छ । यसैमा उनीहरुको विवाद रहेको छ । उनीहरुको कर वृद्धिको कुरा पनि यसैसँग नै जोडिएको छ ।

विश्वमा आआफ्ना क्रेडिट नघटोस् भनेर अमेरिकी र चिनिया अधिकारीहरु विवाद समाधानतर्फ सकारात्मक रुपमा अघि बढिरहेको दाबी गरिरहेका छन् । त्यसका लागि आआफ्ना विज्ञ जनशक्तिको कलात्मकता अधिकतम् प्रयोग गरिरहेका छन् । अमेरिकाले यसो भन्यो चीनले यसो भन्यो भनेर विश्व व्यपारमा चीन अमेरिकी प्रतिस्पर्धीहरुलाई हौसला दिइरहेका छन् ।

अमेरिका चीनको केही भए पनि मुख्यमुख्य व्यपारिक सेक्टरहरुमा भएको राज्य नियन्त्रण छोडिदेओस् भनेर चिनियाँ संरचनात्मक परिवर्तनको माग गरिरहेको छ । तर आश्चर्यको कुरा के भने अमेरिका पनि पछिल्लो चररणमा आएर केही धेरै कुराहरु त राज्यको नियन्त्रणमा हुनु पर्ने रहेछ भन्ने कुरामा पुगेको छ । तर चीनलाई भने राजय नियन्त्रण छोड भनी माग गरिरेको छ । यसको एउटै अर्थ हो– चीन अमेरिरकाभन्दा यसैकारणले बलियो हुन गएको छ । यसका साथै तत्काल विदेशी लगानीकर्ताहरुमाथि खुल्ला व्यवहार गरिनुपर्ने अमेरीकी माग रहेको छ । यसका साथै अमेरिकाले चिनियाँ सरकारले अमेरिकी प्रविधि नक्कल गरेको भन्ने पनि आरोप लगाइरहेको छ ।

उता चीनले व्यापारका संपूर्ण प्रक्रियाहरु खुल्ला रहेको र अमेरिकाले विश्व बजारमा ब्ल्याक मेलिङ गर्न खोजेको कुरामा जोड दिंदै आएको छ । चीनको प्रस्तावित कानुनमा ४८ वटा क्षेत्रलाई “संरक्षित सूची” मा राखिएको छ । ती संरक्षित सूचीमा रहेका कुराहरुको संरक्षणका लागि विदेशी लगानीलाई या त निषेध गरिएको छ वा विशेष अनुमति आवश्यक पर्ने बताइएको छ ।