हजारीबागमा मैले दङ्गाको बारेमा सुनेकी थिएँ । सन् १९७० को शरद् ऋतुको बेला जमदेशपुर जेललाई पूरै कब्जामा राखेका थिए । जो कैदी/बन्दीहरूले दङ्गा गरेका थिए । उनीहरूको गुनासो थियो– जेलमा भिडभाड, पानीको कमी र स्वास्थ्य असुविधा थियो । अधिकारीहरूले स्थितिलाई शान्त गर्नका लागि यी मागहरू पूरा गरिने वाचा गरेका थिए । तर, स्थिति आफ्नो हातमा लिएपछि कैदी/बन्दीहरूका नेताहरूलाई जेल सरूवा गरिदिए । अरूहरूले आन्दोलन गरेनन् । पुरूष विभागमा महिलाहरू राखिएको कोठीको साइजमा लगभग १०० जना कैदीहरूलाई बन्द गरेर राखिएको थियो । सङ्क्रामक रोग फैलिएको कारणले दिनमा लगभग एउटा लाश जेल बाहिर निकालिन्थ्यो ।

अर्कोतिर, केही बफादार कैदी तथा घुस दिने कैदी÷बन्दीहरूलाई तुलनात्मक रूपमा राम्रो सुत्ने ठाउँ र राम्रो खाना पकाउने ठाउँ मिलाइएको थियो । उनीहरूले आफ्नो रासन कटाएर घुस दिने गर्दथे । गरिब तथा घुस दिन नसक्नेहरू कमजोर मानिन्थे । जेलमा सामान सप्लाइ गर्ने कठेकेदारको मानिसहरू यी सामानहरू जाँच गर्ने ठाउँमा खटिन्थे । निर्धारित मात्रा भन्दा कम र गुणस्तरमा तल्लो भए पनि बेरोकटोक जेलभित्र पठाइन्थ्यो । मैले कति पटक दुव्र्यवहार र अन्यायको विरोधमा हजारीबाग तथा जमदेशपुर दुवै जेलमा पुरूष कैदीहरू उठेको देखे । धेरैले त अग्ला रूखहरूमा या छतहरूमा चढ्दथे र उनीहरूले गरेको गुनासो या माग पूरा नहुँदासम्म तल झर्दैनथे । तर यसकारणले भएको सुधार एकदमै अल्पकालीन समयका लागि हुन्थ्यो र पुरानै पारा फेरि हाबी हुन्थ्यो ।

हार्दिक शुभकामना !

जमदेशपुरमा आफ्नो खाना अलग्गै बनाउने कुनै सुविधा पनि थिएन । मैले एक्लै खाना बनाउनु भन्दा सबैसँग बनाउनु नै ठीक सम्झिए । तर पनि यहाँ चिया बनाउनको लागि सामान्य अवस्थामा दिइँदैनथ्यो । त्यसैले मैले एउटा सानो प्राइमस स्टोभमा चिया बनाउँथे । जेलको भान्साघर मेरो कोठाको बाहिर पर्खालको छेउमा थियो । बिहान सबेरै मेरो निद प्रायशः ३.० बजेतिर त्यो समयमा खुल्दथ्यो । ठूलठूला फलामका भाडालाई घिसार्दै मानिसहरूले पानीको नजिक लैजान्थे । त्यसबेला चर्को आवाज निस्कन्थ्यो । भान्सेहरूलाई निकै सबेरै काम गर्नु पर्दथ्यो । किनकि, भान्सा यति सानो थियो जहाँ एक पटकमा एक चौथाई कैदीहरूको लागि मात्र खाना पकाउन सकिन्थ्यो ।

त्यसैले थोरै थोरै सङ्ख्याको लागि पटकैपटक खाना बनाउनु पर्दथ्यो । लगभग साढे ७ बजे सबेरै आगो बाल्नु भन्दा पहिल्यै धुलो चामलको गन्ध चारैतिर फैलन्थ्यो । यसपछि चामल पकाएको माडपानी चुल्होको सामुन्ने पोखिन्थ्यो । साथै, बोरा पकाएको चामललाई बोरा बिछ्याएर दिउँसो ११–१२ बजेसम्म त्यसैमाथि राखिन्थ्यो । त्यो भातमाथि झिंगा भन्किइरहन्थे, धुलो त्यसैमाथि पर्दथ्यो र चराहरू आएर खान्थे ।

निःसार चामल तथा रोटी खानाले मेरो पाचन क्षमतामा जबर्जस्त समस्या पैदा भयो र केही हप्ताभित्रै म जमदेशपुरको गर्मीको बेला ओछ्यानमा परे । मलाई ज्वरो आइरह्यो । पछि मलाई यो समस्याले चरम रूपमै सतायो । २४ औं घण्टा म पसिनामा डुबिरहन्थे । तर म आफ्नो कपाललाई यो डरले गर्दा छुदैनथे । टाउको सुक्नै पाउँदैनथ्यो । परिणामस्वरूप मेरो कपाल सधैं पसिनाले भिजेको भिज्यै हुन्थ्यो र घाटीमा घाउ बनिसकेको थियो । गर्मीको कारणले हामी सबैको शरीरमाथि बिबिरा उठेका थिए । सधैंभरि म हैरानी र बेचैन रहन्थे । केही क्षण बस्नु र पढ्नु भनेको ज्यादै नै कठिन कार्य थियो ।

मलाई लाग्दथ्यो मेरो शीर गहुङ्गो हुँदै गइरहेको थियो । एकपटक पल्टिएपछि फेरि उठेर बस्न निकै गाह्रो हुन्थ्यो । गर्मीको कारणले मेरो नसाहरू सुन्निएका थिए र मलाई लाग्दथ्यो मेरो रक्त प्रवाहमा त्यसले रूकावट ल्याइरहेको थियो । शरीरको जोर्नीहरूमा लगातार दुखाइ बढिरहेको थियो । आफ्नो कोठीमा जाँदा दुईवटा सिंढी चढ्दा घुँडा खुम्चाउन पनि निकै गाह्रो परेको थियो ।

रातमा म ढुङ्गे भुइँमा पल्टिइरहन्थे । नेल र हत्कडी लगाइएका नक्सलवादी कैदी तथा आइमाईहरू कोठीमा ठूसठूस कनेर असैह्य पीडाका साथ बसेका थिए । बच्चाबच्चीहरू जो ४ पर्खालभित्र कैद गरिएका छन्, तिनलाई सम्झेर रात बिताउँथे । उनीहरूको तुलनामा म त अलि बढी आरामसँग बसेकी थिएँ ।

बिना जुन जिल्लामा रहन्थिन् वा जन्मेकी थिइन, उनकै गाउँका कैदीहरूमा बिफर निस्कियो । यसबाट सारा पुरूष बन्दीहरू बढि प्रभावित भए । तर महिलाहरूको वार्डमा यसको कुनै असर नै परेन । तर महिला–पुरूष सबैलाई लुतोले भने निकै सताएको थियो । प्रायः आधारात बितिसकेपछि मेरो निद खराब हुन्थ्यो । सारा शरीर चिलाउँथ्यो । म फेरि सुत्न पाउँदैनथे । त्यसपछि त म हातमा बु्रश ल्याएर पागल जस्तै गरी सारा शरीर कन्याउन थाल्दथेँ । औषधिको नाममा डाक्टरले सेता चक्कीहरू दिन्थे । यसले काम गरेको थिएन । म त्यतिबेलासम्म त्यो लुतोबाट मुक्त हुन सकेन, जबसम्म मलाई हिउँदमा हजारीबाग फर्काइएन । त्यहाँ मलाई राम्रो मल्हम दिइयो ।

अन्य कैदीहरू यति भाग्यमानी थिएनन् । कैयौंको शरीरमा डरलाग्दा घाउ भएका थिए । एकदिन मैले एउटा कैदीलाई उसको खुट्टा निकै सुन्निएको देखे । खुट्टामा यति डरलाग्दो घाउ बनेको थियो कि यताउति फर्कन समेत निकै गाह्रो पर्दथ्यो । जेलरले उसले सरसफाइ नगर्ने भएकाले उसको उपचार गर्न बेकार छ भन्दथ्यो । जेल अटनखटन हुनेगरी भरिएको थियो । मैले कुरा बुझ्नै सकेन कि साबुन, पानी र फेर्ने फर्काउने कपडा नभएको उसले कसरी आफूलाई सफासुग्घर राख्न सक्दथ्यो ?

प्रतिक्रिया

सम्बन्धित खवर