क्रान्तिकारी ट्रेड यूनियन महासंघ कैलालीको भेला सम्पन्न, दिपक महतको नेतृत्वमा १५ सदस्यीय कमिटि निर्वाचित

प्रकाशित मिति : २०७५ फाल्गुन १६


कैलाली । नेकपा (क्रान्तिकारी माओवादी) निकट मजदुर संगठन अखिल नेपाल क्रान्तिकारी ट्रेड यूनियन महासंघको कैलाली जिल्ला भेला भव्य रुपमा सम्पन्न भएको छ । बुधबार सम्पन्न भेलाले दिपक महतको नेतृत्वमा १५ सदस्यीय जिल्ला कमिटि निर्माण गरेको छ ।

पार्टी पिविएम तथा ७ नं. सचिव कमरेड अटल, महासंघका केन्द्रीय संयोजक इश्वर तिमिल्सिना लगायतका नेताहरुको उपस्थितिमा सम्पन्न भएको भेलाले महासंघको कैलाली जिल्ला उपाध्यक्षमा मोहम्मद सरफरीश, सचिवमा दिलबहादुर धामी, कोषाध्यक्षमा राजु पन्त र सदस्यहरुमा विजय, भवानीदत्त जोशी, श्रीराम चटौत, प्रेमबहादुर भण्डारी, लवदेव पन्त, मनबहादुर खड्का, प्रेम गुरुङ लगायत रहेका छन् ।

भेलामा देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका सचिवालय सदस्य तथा ७ नं. प्रदेस संयोजक रामबहादुर केसी, पार्टी केस कमरेड क्षितिज, कैलाली जिल्ला पार्टी सेक्रेटरी लगायतका नेताहरुको उपस्थिति रहेको थियो ।