बाँकेको खजुरास्थित सिमलघारीमा जनसभा सम्पन्न

बाँकेको खजुरास्थित सिमलघारीमा जनसभा सम्पन्न

बाँके । बाँके जिल्लाको खजुरा गाउँपालिका वडा नम्बर ६ को सिमलघारीमा एक जनसभा सम्पन्न भएको समाचार प्राप्त भएको छ । उक्त जनसभालाई देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालका केन्द्रीय सचिव परि थापा, नेता धनेश्वर पोखरेल, हिरामणि दुखी र भुपेन्द्र न्यौपानेले सम्बोधन गरेको बताइएको छ ।

फागुन ७ गतेबाट पूर्वमा मेची र पश्चिममा कञ्चनपुर तथा मध्यमा काठमाडौं र पोखराबाट एकै पटक उद्घाटन गरी सञ्चालन भएको मेची महाकाली जनजागरण अभियान प्रदेश नम्बर ७ का कार्यक्रमहरु सिध्याएर प्रदेश नम्बर ५ मा प्रवेश गरेसँगै दोसैो दिन उक्त सभा सम्पन्न गरिएको हो ।

देजमो बाँके जिल्ला अध्यक्ष सुरेश ओलीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा प्रेम थापाको स्वागत भाषण तथा अर्जुनको सन्चालन रहेको थियो ।