सिरहा । संसदीय भ्रमको खेतीबाट होइन, नयाँ जनवादी क्रान्तिबाट मात्र तराईवासीहरुका साथै सम्पूर्ण शोषित उत्पीडितहरुको समस्या समाधान हुन सक्ने नेकपा (क्रान्तिकारी माओवादी)का स्थायी समितिका सदस्य तथा नेता हरिभक्त कँडेल ‘प्रतिक’ले बताएका छन् । सिरहाको बरियारपट्टी चोकमा आयोजित कोणसभामालाई सम्बोधन गर्दै उनले उक्त कुरा बताएका हुन् ।

देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालले फागुन ७ गतेबाट देशव्यापी रुपमा मेचीमहाकाली जनजागरण अभियान चलाइरहेका बेला पूर्वको अभियान टिमले सिरहाको बरियारपट्टी चोकमा आयोजित कोणसभालाई सम्बोधन गरेको छ । दिनानुदिन राष्ट्रियता, जनतन्त्र र जनजीविकाका समस्याहरु निकै बिकराल बन्दै गइरहँदा नेकपा (क्रान्तिकारी माओवादी) को संघर्षको मोर्चा देजमो देशव्यापी मेचीमहाकाली जनजागरण अभियानमा निस्किएको हो ।

हार्दिक शुभकामना !

जनताका अधिकारहरुको व्यापक कटौती, धराशायी हुँदै गरेको देशको अर्थतन्त्र, युवाहरुको विदेश पलायन र सरकार आफै मानव तस्करीको धन्दामा कानुन निर्माण गरेरै लाग्नुले अब देशमा क्रान्ति गर्नुको विकल्प नभएको कुरामा नेता कँडेलको जोड थियो । देशका सबै तह र तप्काका जनता जनआन्दोलन मार्फत् जनवादी गणतन्त्र स्थापनाका लागि संघर्षमा लागेमात्र संसदीय दलाल परिवन्दबाट छुटकारा मिल्ने कुरामा उनको अभिव्यक्ति केन्द्रित रहेको थियो ।

उक्त कार्यक्रममा पार्टीका स्थायी समिति सदस्य सीपी गजुरेल, पोलिटव्यूरो द्वय कृष्णदेवसिंह र कमल चौधरी लगायत केन्द्रीय सदस्यहरु र अन्य मोर्चा र संगठनका नेताहरुको सहमागिता रहेको थियो

प्रतिक्रिया

सम्बन्धित खवर