सुर्खेत । देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालको नेतृत्वमा जारी मेची–महाकाली अभियान अन्तर्गत पश्चिम कञ्चनपुरबाट सुरु भएको अभियान टोलीले आज कर्णाली प्रदेशको सुर्खेतमा भव्य जनसभाको आयोजना गरेको छ । अभियान टोलीले ¥यालीसहित सुर्खेतको पिपल चौतारीमा जनसभाको आयोजना गरेको हो ।
मोर्चाका केन्द्रीय सचिवालय सदस्य दिपकबहादुर शाहीको अध्यक्षतामा भएको जनसभालाई नेकपा (क्रान्तिकारी माओवादी)का स्थायी समिति सदस्य रामसिंह श्रीस, पार्टी स्थायी समिति सदस्य तथा मोर्चाका केन्द्रीय सचिव परि थापा, पार्टी केस धनेश्वर पोखरेल, हिरामणि दुःखी, भुपेन्द्र न्यौपाने, अनेमसंघ (क्रान्तिकारी) की केस कमला चन्द लगायतले सम्बोधन गर्दैछन् ।
कार्यक्रमलाई स्वागत पार्टी केस तथा कर्णाली प्रदेशका का.वा. सचिव कृष्ण गुरुङले गरेका छन् । अभियान टोली ५ नं. प्रदेशबाट आजै सुर्खेत पुगेको हो । सभामा उल्लेख्य रुपमा स्थानीय जनसमुदायको सहभागिता रहेको छ ।