सिरहा । नेकपा (क्रान्तिकारी माओवादी)का स्थायी समिति सदस्य समेत रहेका देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका केन्द्रीय अध्यक्ष सीपी गजुरेलले लोकतान्त्रिक गणतन्त्र आफूहरुको मुद्दा नभएको बताउँदै संघीय जनगणतन्त्रका लागि सडक संघर्ष गर्ने बताएका छन् । अध्यक्ष गजुरेलले आज सिरहाको कल्याणपुरमा भएको जनसभालाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।

हार्दिक शुभकामना !

उनले मधेसी उत्पीडित जनतालगायत सबै उपेक्षित तथा उत्पीडित श्रमजीवी जनताको वास्तविक मुक्तिका लागि नयाँ जनवादी क्रान्ति अपरिहार्य रहेको कुरा पनि बताए । अध्यक्ष गजुरेलले राष्ट्रिय स्वाधीनता गम्भीर संकटतर्फ धकेलिएको चर्चा गर्दै राष्ट्रिय स्वाधीनता तथा सार्वभौमिकताको रक्षाका लागि पनि नेपालमा अब नयाँ जनवादी क्रान्ति अपरिहार्य रहेको चर्चा गरे ।

देजमो तथा क्रान्तिकारी माओवादीले नयाँ जनवादी क्रान्ति अथवा संघीय जनगणतन्त्र स्थापनाका लागि सडक संघर्षलाई अगाडि बढाउने बताउँदै अध्यक्ष गजुरेलले आगामी चैत्र २४ गते काठमाडौंमा राखिएको मोर्चाको राष्ट्रिय सम्मेलनसँगै सडक संघर्षको घोषणा गरिने र त्यसका लागि जनसमुदायलाई काठमाडौं आव्हान समेत गरे ।

सभालाई स्थानीय वक्ताको रुपमा मोर्चाका केस तथा २ नं. प्रदेश सचिव रामनारायण सिंहले सम्बोधन गरेका थिए ।

यसअघि जिल्ला सदरमुकाम सिरहामा भएको सभालाई क्रान्तिकारी माओवादीका पीविएम तथा २ नं. प्रदेशका सचिव कृष्णदेव सिंह दनुवारले सम्बोधन गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर