
काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी)को संयुक्त मोर्चा देजमोको ललितपुर जिल्ला महालक्ष्मी नगर कमिटीको प्रथम भेला शनिबार सम्पन्न भएको छ । ललितपुरको लुभुमा जनसमुदायसमेतको उपस्थितिमा भेला सम्पन्न भएको हो ।
भेलाले विष्णु रेग्मीलाई अध्यक्षमा निर्वाचित गर्दै २ सदस्य पछि थप्ने गरी १७ सदस्यीय देजमोको महालक्ष्मी नगर कमिटि निर्वाचित गरेको छ ।
अध्यक्षता तथा सञ्चालन विष्णु रेग्मी गरेको भेलामा नेकपा (क्रान्तिकारी माओवादी) ललितपुरका सेक्रेटरी दिपकको प्रमुख आतिथ्यता रहेको थियो भने पार्टीका जिल्ला सचिवालय सदस्यहरु प्रसिद्ध, वर्षालगायत जिल्ला सदस्यहरु कुमार शैलुङ्ग, मैतेलगायतले आ–आफ्नो मन्तव्य राखेका थिए ।

यसैबीच, देजमोको प्रथम नगर भेलामा डबल नेकपा पार्टी परित्याग गरी राजाराम श्रेष्ठको नेतृत्वमा विनोद राजथला, सुमित राजथला, सुरेश सापकोटा, दिलकुमार राजथला, दिलकुमार पाखि«न, बादल तामाङ, खेमबहादुर तामाङ, माइला तामाङ, गोकुल प्रसाद गौतम, अजित तामाङलगायत क्रान्तिकारी माओवादीमा प्रवेश गरेका छन् । नवप्रवेशीहरुलाई जिल्ला सेक्रेटरी दिपक लगायत अन्य अतिथिहरुले रातो टीकासहित लगाएर पार्टीमा स्वागत गरेका थिए ।



























