क्रान्तिकारी माओवादी मकवानपुरको सेक्रेटरीमा कमरेड पारस

क्रान्तिकारी माओवादी मकवानपुरको सेक्रेटरीमा कमरेड पारस

मकवानपुर । नेकपा (क्रान्तिकारी माओवादी) मकवानपुरको जिल्ला भेलाले पारस नेपालीलाई पार्टीको जिल्ला सेक्रेटरीम निर्वाचित गरेको छ । मकवानपुरको हेटौंडा बजार स्थित दर्शन पार्टी प्यालेसमा सम्पन्न भेलाले २३ सदस्यीय जिल्ला कमिटि निर्वाचित गरेको छ ।

निर्वाचित कमिटीको पहिलो बैठकले सेक्रेटरीमा नेपालीलाई चनय गरेको हो । यसअघि मकवानपुरको सेक्रेटरीमा सागर उप्रेती रहेका थिए । बैठकले सात सदस्यीय सचिवालय समेत गठन गरेको छ । पार्टीका पीविएम तथा ३ नं. सचिव दिनेश शर्माको प्रमुख उपस्थितिमा भेला सम्पन्न भएको थियो । भेलामा पार्टीका केस तथा मकवान इन्चार्ज फुर्वालगायतका नेताहरुको उपस्थिति रहेको थियो ।