रहेनन् कृष्णदास श्रेष्ठ

प्रकाशित मिति : २०७५ फाल्गुन ११

काठमाडौं । नेपाली कम्युनिष्ट आन्दोलनका एक वरिष्ठ नेता, अग्रज तथा अभिभावक कृष्णदास श्रेष्ठको ८८ वर्षको उमेरमा निधन भएको छ । श्रेष्ठको काठमाडौं शंखमूलस्थित आफ्नै घरमा दिउँसो १ बजेर ४० मिनेट जाँदा निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

दर्शन, राजनीति र सिर्जनालाई संगसंगै लिएर हिंड्नसक्ने वरिष्ठ नेता तथा सर्जक श्रेष्ठ आफैमा दार्शनिक तथा राजनीतिक चिन्तक थिए ।

लामो समय नेपाली कम्युनिष्ट आन्दोलनको नेतृत्व गर्दै र सहभागी हुँदै आएका श्रेष्ठको जन्म बि.सं. १९८८ मा भएको थियो ।