गुलरिया। बर्दियाको गुलरियामा जनसभा भव्य रुपमा सम्पन्न भएको खबर प्राप्त भएको छ । देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालको मेचीमहाकाली अभियान अन्तर्गत शनिवार दिउँसो भएको उक्त जनसभालाई मोर्चाका केन्द्रीय सचिव परि थापा र नेकपा (क्रान्तिकारी माओवादी) का केन्द्रीय समिति सदस्य धनेश्वर पोखरेलद्वारा सम्बोधन गरिएको छ । उक्त जनसभाको सञ्चालन देजमो केन्द्रीय सदस्य केशव अधिकारीले गरेका थिए ।

हार्दिक शुभकामना !

उपस्थित सहभागीहरुको विसाल पंक्ति जनसभामा परिणत हुनु पूर्व र्यालीले गगनभेदी नारासहित गुलरिया सहर परिक्रमा गरेको थियो ।

यसै गरी बर्दियाको तारातालमा कोणसभा सम्पन्न भएको छ । शनिवार सम्पन्न उक्त कोणसभालाई अभियान टोलीका नेता तथा देजमो केन्द्रीय सचिव परि थापाले सम्बोधन गरेका थिए । सभाको सञ्चालन बर्दिया जिल्ला सेक्रेटरी दिलबहादुर कठायतले गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार