नेकपा(क्रान्तिकारी माओवादी)ले यही फागुन १ गते २४औं जनयुद्ध दिवसलाई उत्सवका साथ भव्य रुपमा मनाउने निर्णय गरेको छ । २०५२ साल फागुन १ गते ‘प्रतिक्रियावादी राज्यसत्तालाई ध्वंस गर्दै नयॉ जनवादी राज्यसत्ता स्थापना गर्न जनयुद्धको बाटोमा अघि बढौं’, ‘विद्रोह जनताको अधिकार हो’, ‘जनयुद्ध– जिन्दावाद’ र ‘नेकपा (माओवादी)’ लेखिएको यो पहिलो पोष्टर नेपाली जनताले पढेका थिए । युद्धपियहिपोष्टरको निरन्तरतामा नै अहिलेको माओवादी आन्दोलन पाइँदैन । यो पोष्टरको सबैभन्दानजिक देखिएको त्यसबेलाको माओवादी आन्दोलनको क्रान्तिकारी धार मोहन वैद्य किरणले नेतृत्व गरेको नेकपा (क्रान्तिकारी माओवादी) नै हो भन्ने स्पष्ट बन्दै गएको छ ।
नेकपा (क्रान्तिकारी माओवादी) ले आफ्नो कार्यदिशामा नेपालको विशिष्टतामा सशस्त्र जनविद्रोहमा आधारित बनाएको छ र के पनि स्पष्ट भनेको छ भने जनयुद्धको बाटो यद्यपि अझै पनि आवश्यक हुन सक्छ । तर त्यसमा अहिले देखिएका कुनै पनि माओवादी कम्युनिस्ट पार्टीहरु आधारित छैनन् । वर्तमानमा आफूलाई सशस्त्र विद्रोहको तयारीमा लगाएका छौं भन्ने विप्लव नेतृत्वको नेकपा पनि सारमा यो पोष्टरको उत्तराधिकारीको हैसियत राख्दैन किनभने उसले प्रथम पार्टीको नामबाट माओवादी हटाएको छ ।
दोस्रो उसले अब नेपालमा जनयुद्धको आवश्यकतालाई पूरै निषेध गरेको छ र अबको नेपाली क्रान्ति समाजवादी क्रान्ति भनेको छ । विश्वमा सम्राज्यवादको अस्तित्वलाई इन्कार गर्दैै विश्वमा अब साम्राज्यवादविरुद्ध आन्दोलनलाई इन्कार गर्न पुगेको छ । पार्टीमा एकमना एकताको संशोधनवादी लाइनलाई व्यवहारमा लागु गर्दै पार्टीभित्र अन्तरसंघर्षबाटै पार्टीको विकास र जीवन हुन्छ भन्ने मालेमावादी सिद्धान्तलाई ठाडै इन्कार गरेको छ । पार्टीभित्र रहेर नेतृत्वको आलोचना वा फरक विचार राख्न नमिल्ने भन्ने सर्कुलर पार्टी भित्र जारी गरेको छ । सारमा जनवादी केन्द्रीयता मान्ने लेनिवादी संगठनात्मक पद्धतिलाई ठाडै अस्वीकार गर्दै केबल केन्द्रीयतालाई मात्रै केन्द्र बनाएको छ । यो सिधै सामन्तवादी तथा व्यक्तिवादी तानाशाही चिन्तन र प्रवृति हो ।
साथै उसले अगाडि सारेको आफ्नो ‘एकीकृत जनक्रान्तिको सिद्धान्त’मा उसले सर्वहारावर्गको नेतृत्वलाई कम आँकलन गर्दै मध्यम वर्गको नेतृत्वको गैह्र मार्क्सवादी अवधारणालाई अगाडि ल्याएको छ । मार्क्सवादको विकासको नाममा अनेकौं नयॉ नयॉ अवधारणाहरु गाडि ल्याएर सारमा विप्लव नेतृत्वको नेकपा २०५२ साल फागुन १ गते ‘प्रतिक्रियावादी राज्यसत्तालाई ध्वंस गर्दै नयॉ जनवादी राज्यसत्ता स्थापना गर्न जनयुद्धको बाटोमा अघि बढौं, विद्रोह जनताको अधिकार हो जनयुद्ध जिन्दावाद नेकपा (माओवादी)’ लेखिएको पहिलो पोष्टरबाट घेरै टाढा पुगिरहेको छ । यदि समयमा नै नसच्चाए ऊ त्यसबाट धेरै टाडा पुग्ने निश्चित छ ।
उतातिर दश वर्से जनयुद्धका नायक प्रचण्ड अहिले एमालेभित्र आफ्नो अस्तित्वका लागि मात्रै अहिले उक्त पोष्टरलाई बेलाबेलामा आफ्नो व्यक्तिगत उपयोगका लागि सम्झने गर्दछन् । उनको भावी नेतृत्वमाथि प्रश्न उठाउँदै उनकै पार्टीका एकजना नेता –वर्तमान सरकारका उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, जो एमालेभित्रका एक जना भ्रष्ट र जनयुद्धका खुङखार शत्रुमध्ये एक थिए, ले भनेका निम्न भनाइहरुले उनको उक्त पार्टीभित्रको भविष्य दर्शाउँछ, जसमा उनले भनेका छन् –“कम्युनिस्ट पार्टीको नेतृत्व जनतामा परिचित, स्थापित र स्वीकृत पात्रहरु नै हुनुपर्छ । तिरष्कृत पात्रहरु नेतृत्वमा आउनै हुँदैन÷ल्याइनैहुँदैन । अझ सनक र उन्मादमा चल्न चाहने वा रमाउनेहरुलाई त यो ठाउ‘मा सर्वथा पु¥याउनै हुन्न ।” सनक र उन्मादमा चल्न चाहने वा रमाउने नेतका रुपमाउनले प्रचण्डलाई इंगित गरेको स्पष्ट हुन्छ र आम नेपालीले पनिउनलाई यसै रुपमा चिन्न थालेका छन् ।
नेकपा(माओवादी) ले गणतन्त्रको कार्यक्रम ल्याउँदा गोरुगाडामा चढेर अमेरिका पुग्न सकिन्न भन्ने, संघीयतावारे देशलाई काँक्रोजस्तै चिराचिरा बाँडने भनेर संघीयतको विरोध गर्ने, जातिय, क्षेत्रीय, लैङ्गिक, समानुपातिक समावेशीलाई राज्यभनेको सबैलाई पातपातमा बॉडने वस्तुहोइन भन्ने के.पी. ओलीको नेतृत्वमा अहिले तिनै प्रचण्ड र उनको नेतृत्वका आफूलाई माओवादी भन्नेहरु छन् । प्रचण्डले उनकै निणर्य र बॉडफॉडमा चित्तबुझाएर दिन काटन परिरहेको छ र ईश्वर पोखरेल जस्ताको अर्ति र उपदेश बेलाबेलामा सुन्नु परिरहेको छ । यो कस्तो विडम्वना प्रचण्ड, बादलहरु यति छिटै ओली र ईश्वर पोखरेलको आदेश र घोंचपेचमा दिन बिताउन पर्ने छ भन्ने के उनले सोंचेका थिए । मोहन वैद्य किरणले नेतृत्व गरेको नेकपा (क्रान्तिकारी माओवादी)को स्थापना र जन्म नभएको भए, जनयुद्धको इतिहास कहाँ पुगिसक्दो रहेछ र जनयुद्ध दिवस केबल एउटा नौटङकीका रुपमा मनाउनेहरु स्पष्ट २०५२ साल फागुन १ गते सुरु गरिएको जनयुद्धको मूल्यमान्यता र सिद्धान्तविरोधीहरुको कब्जामा जाने रहेछ भन्ने स्पष्ट हुन्छ ।
केपी ओली, ईश्वर पोखरेलजस्ता नोकरशाह तथा दलाल पुँजीपति वर्गका चाटुकारहरुसित आफ्नो अस्तित्व रक्षाका लागि भिख माग्न व्यस्त भएकाहरुबाट जनयुद्ध दिवसको महत्ववारे बहस र छलफल गरिनु त्यसमा साहादत प्राप्तगर्ने हजारौं सहिद, बेपत्ता योद्धा परिवार र घाइते, अपांगहरुको अपमान सिवाय अरु केही हुने थिएन । प्रचण्ड अझै बेलाबेलामा एमालेवालाहरुलाई ‘पार्टीमा उनको हैसियतबारे नसाेंचेमा अर्को माओवादी जन्मने धम्की समेत दिन बाँकी राख्दैनन् । उनको यो धम्की ओलीपछिको उनको नेतृत्वको सुनिश्चतता नै हो भन्ने ईश्वर, झलनाथ, माधवआदिलाई थाह छ ।
यी सबैलाई थाह छ अर्को माओवादी त जन्मिसकेको छ– किरण नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) । सिद्धान्त, विचार र कार्यदिशा र कार्यशैलीका हिसाबले अनुभवी र परिपक्व नेतृत्व पाएको नेकपा (क्रान्तिकारी माओवादी)को गत मंसिरमा भएको केन्द्रीय समितिले अहिले संघर्षलाई केन्द्रविन्दुमा राखेर भावी आन्दोलनको नेतृत्व गर्ने बलिदानीपूर्ण मार्गतर्फ लाग्ने उद्घोष गरिसकेको छ ।
यस पार्टीका महासचिव किरणले केही समय अगाडि स्पष्टसित यसबारे नेपालका सबै माओवादीहरुलाई आह््वान गर्नु भएको छ– “सबै माओवादीहरु एउटै पार्टीमा गोलबन्द होऔं, प्रचण्डले पनि यदि आफ्ना विगतका गल्तीकमजोरीलाई स्वीकार गरेर क्रान्तिमा लामबद्ध हुने उद्घोष गरे उनलाई पनि क्रान्तिमा स्थान रहने छ ।” यो भन्दा क्रान्तिप्रतिको त्याग र समग्र माओवादी आन्दोलनप्रतिका
माया र समर्पण अरु के हुन सक्छ ? हामीलाई थाह छ प्रचण्ड, बादल, नारायणकाजी, बाबुराम कुहिएका फर्सी हुन यीबाट अब क्रान्तिको सपना पूरा हुन सक्दैन, तै पनि यिनीहरुको भ्रममा परेर एमाले भएकाहरु र एमालेभित्रका पनि देशभक्त, क्रान्तिकारीहरुका लागि किरणको यो आह्वानको महत्व र अर्थ रहेको छ । र, यो आह्वान नै २४औं जनयुद्ध दिवसको उत्तम सन्देश रहेको छ ।