काठमाडौं । यूएईमा जारी टी–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको दोस्रो खेलमा यूएईले नेपाललाई १०८ रनको विजय लक्ष्य दिएको छ ।
आईसीसी क्रिकेट एकेडेमीमा टस जितेर ब्याटिङ गरेको यूएईले १९.२ ओभरमा अलआउट हुँदै १०७ रन बनाएपछि नेपालले समान्य चुनौती पाएको छ । यूएईका लागि ओपनर सीपी रिजवनले सर्वाधिक ४४ रन बनाउँदा ४ चौका र १ छक्का प्रहार गरे । यूएईका लागि साइमन अनवरले १४, मोहम्मद ११ रन जोड्दा अन्य ब्याट्म्यानले भने दोहोर अंक बनाउँन सकेनन् ।
यूएईलाई सस्तैमा समेट्न नेपालका अविनाश बोहराले कसिलो बलिङ गरे उनले चार ओभर बलिङ गर्दै २० रन खर्चिएर ३ विकेट लिए । त्यस्तै सोमपाल कामी, सन्दीप लामिछाने र करण केसी समान २–२ विकेट लिए । नेपालले केहीबेरमा यूएई विरुद्ध आफ्नो जवाफी ब्याटिङ गर्नेछ ।