काठमाडौं । नेपाली क्रिकेटर टिमले एकदिवसीय क्रिकेट सिरिज जितेको छ । दुबईस्थित आईसीसी एकेडेमीमा सोमबार भएको निर्णायक खेलमा नेपालले युएईलाई ४ विकेटले पराजित गर्दै २–१ ले पहिलो पटक जित हात पारेको हो ।
यसअघि सम्पन्न भएको पहिलो खेलमा युएई ७ विकेटले विजयी भएको थियो । दोस्रो खेलमा भने नेपाली टिमले निकै मेहनत गरेपछि १ सय ४५ रनको जित निकाल्दै सिरिज १–१ को बराबरीमा पुगी केही आशा जगाएका थियो ।
सोमबार सम्पन्न खेलमा भने युएईले दिएको २ सय ५५ रनको लक्ष्य नेपालले ४४.४ ओभरमा ६ विकेटको क्षतिबीच पार गरेको थियो ।
सुरुमा हार बेहोरेको नेपाललाई जित दिलाउन सिंगो टिमले निकै मेहनत गरे पनि यसको श्रेय भने कप्तान पारस खड्कालाई जान्छ । उनले नेपाललाई जिताउन शतक प्रहार गरेका थिए ।