कंगोका नवचिर्वाचित राष्ट्रपति शपथ ग्रहण गर्ने क्रममा ढले मन्चमै

कंगोका नवचिर्वाचित राष्ट्रपति शपथ ग्रहण गर्ने क्रममा ढले मन्चमै

एजेन्सी । लोकतान्त्रीक गणतन्त्र कंगोका नवनिर्वाचित राष्ट्रपति फेलिक्स सिसेकेडी सपथ ग्रहण समारोहमै विरामी भएका छन् ।
अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार बिहीबार आयोजित समारोहमा मन्तव्य दिईरहेकै बेला उनी विरामी भएर एक्कासी मन्चमा ढलेका थिए ।

शान्तिपूर्ण तरिकाले निर्वाचन भएर उनले देशको नेतृत्व गर्न लागेकाले कंगोमा यो पहिलो सपथ ग्रहण समारोहलाई ऐतिहासिक घटनाको रुपमा चासोका साथ लिइएको थियो ।

राज्यद्धारा संचालित टेलिभिजनले प्रत्यक्ष प्रसारण समेत गरिरहेको सो ऐतिहासिक कार्यक्रममा मन्तव्य दिईरहेका बेला उनले मलाई ‘असहज महुशस भयो’ भनेका थिए । त्यसपछि उनको मन्तव्य रोकिएको थियो ।

नवनिर्वाचित राष्ट्रपति शिसेकेडी हाल ५५ वर्षका भए । उनी कङ्गोको सबैभन्दा पुरानो तथा ठूलो विपक्षी पार्टी युनियन फर डेमोक्रेसी एन्ड सोसल प्रग्रेस (युडिपिएस)का प्रमुख हुन् ।