हाम्रो देशमा सुकुम्बासी समस्या लामो समयदेखि रहँदै आएको छ । अन्य समस्याहरुको राज्यद्वारा केही न केही संबोधन भए पनि सुकुमबासी समस्या लामो समयदेखि ज्युँका त्युँ रहिआएको छ । नेपालजस्तो कृषिप्रधान देशमा पनि सुकुम्बासी समस्या समाधानहुन न सक्ने समस्या भनेर पन्छाइने गरिएको छ । यसलाई जग्गा विवरण गरेर समाधान नहुने भन्दै विभन्न कोणहरुबाट व्याख्या गर्ने गरिएको पनि पाइन्छ ।

हार्दिक शुभकामना !

हुन पनि हो यो विधि बाट सुकुम्बासी समस्या समाधान हुँदैन । तर संसारमा यस्ता समस्याहरु छन्, जुन समस्याहरुको समाधान नहुने कुनै पनि कुरा छैन । सुकुम्बासी समस्या समाधान गर्न त्यो निम्ति जग्गा वितरण गर्नु सुकुम्बासी समाधानको पहिलो र एक आधारभूत काम भने त पक्कै हो । यसबाटै थप अन्य कार्यक्रमहरु बनाएर फेरि थप सुकुम्वासी नबनून् भनेर काम कार्यान्वयन गर्दै जाने हो ।
सुकुम्बासी समस्या सामान्ती व्यवस्थाको उपज हो । यो सामन्तवादी व्यवस्थाको असंबोधित र विकृति रुप पनि हो । यो भनेको कृषि–औद्योगीकरण हुँदै पूर्ण औद्योगीकरणतर्फ देशको आर्थिक विकास हुन नसक्नुको कारण पनि हो । भुमिको प्रयोग कृषिमजदुरको अवस्थाबाट औद्योगिक मजदुरको रुपमा विकास हुन नसकेको बीचको अवस्था हो । सुकुम्बासीहरु आफैमा अर्ध मजदुर र अर्धकृषकका रुपमा बाँचेका छन् ।

सुकुम्बासीहरु हाल श्रम बेचेर जीवन निर्वाह गरिरहेका छन् । उनीहरुले भूमिको प्रयोग बासका लागि र श्रम विक्री खानका लागि गरिरहेका छन् । कर्तकतै त उनीहरु यही भूमिको प्रयोग गरी कृषिकार्य, पशुपालन र अन्य कृषिजन्य गतिविधिहरु गरिरहेका छन् । सुकुम्बासी समस्या समाधानका पहिलाको कुरा त सम्पूर्ण भूमि राज्यको मातहतमा हुनु पर्छ । राज्यले कृषिआवास र औधोगिक क्षेत्रको रुपमा भूमिको एकीकरण र र वैज्ञानिक ढंगबाट वितरण गर्न पाउनु पर्छ । यसको उच्च र उत्तम रुप भनेको क्रान्तिकारी भूमिसुधार नै हो ।

यो समस्या समाधानको पुरानै तरीका पनि हो । यो मूलतः कृषि क्षेत्रबाट विस्थापितहरुको समस्याको समाधान हो । यसको अग्रगामी हल भनेको त उद्योगहरु निर्माण गरेर ती सुकुम्वासीहरुलाई श्रमरोजगारीको ग्यारेन्टी गरिनु हो । यसका लागि उचित पारिश्रमिकको व्यवस्था जरुरी छ । तर विना विकल्प सुकुम्बासी हटाउने कार्य जनतालाई दुख दिने मात्र हो ।

उद्योगधन्दा कलकारखाना निर्माण नहुँदासम्म जनताका लागि ओत लाग्ने ठाउँ को माग हो जग्गा । यसको समाधानका लागि सरकारले नयाँ र अग्रगामी कार्यक्रमहरु ल्याउनु पर्छ । राज्यपक्षले बिरालोलाई कोठामा थुनेर मार्न खोजे जस्तो गरी सुकुमबासीमाथि जाइ लाग्नु गलत रहेको छ । यदि यसो गरियो र दमन गरेरै तह लगाइने सोचियो भने सुकुमवासीहरु आन्दोलनमा उत्रनुको विकल्प पनि रहँदैन । यसलाई क्रान्तिकारी वर्गको सदा साथ रहँदै पनि आएको छ ।

सुकुम्बासी समस्या नेपालको आफ्नै समस्या हो । यो समस्या नेपालभरि नै छ । कास्की जिल्लामा यो समस्या निकै ठूलो र विकराल बनेर उभिएको छ । समस्या समाधानका लागि कास्की जिल्लामा धेरै पटक मागहरु भए र संघर्षहरु पनि भए । सर्वहारा, मजदुर तथा सुकुम्वासीहरुका बीचमा एकता पनि कायम रहिआएकोे छ । एकपछि अर्को मागहरु पूरा गराउँदै पनि आइरहेका छौं । यो प्रदेशका शासकहरु पनि यो सस्यादेखि विमुख हुन सकेका छैनन् । ध्यानआकर्षणका गतिविधिहरु एकपछि अर्को गरी गराई नै रहेका छौं । य

तथापि यो समस्याको समाधानतर्फ भने कुनै पनि निकायले समाधानका हेतु सही कार्यक्रमहरु अघि बढाएको देखिएको छैन । अचम्मको कुरा त के पनि देखिएको छ भने वर्तमान सत्ताधारीहरुले यो समस्या समाधानगर्न तर्पm कुनै चासो दिएका छैनन् । यसले सुकुम्बासीहरुलाई संघर्षतिर धकेल्न खोजिरहेको छ । यसको मुख्य कारण हो, सरकार र राज्यसत्ता पुरानै संसदीय अवस्थामा रहि नै राख्यो । तसर्थ, सर्वहारा, मजदुर, सुकुमवासीहरुले पुरानो शासनको अन्त्यका लागि पहिलो शर्तको रुपमा संघर्षसशुरुआत गर्नु जरुरी छ ।

दोस्रो कुरा, यस संघर्षका दौरानमा प्राप्त उपलब्धिहरुलाई संरक्षण गर्दै एक आपसमा गोलबन्द भइरहन पनि जरुरी छ । हरेक क्रान्तिकारीहरु सुकुम्बासी समस्याप्रति गम्भीर बन्दै जानु पर्दछ । सुकुमबासीसँग हातेमालो गर्दै अघि बढ्नुपर्छ । यदि यसो भएन भने क्रान्तिकारी वास्तवमा साँचो अर्थमा क्रान्तिकारी बन्न सक्दैनन् ।

सुकुम्वासीहरुको वास्तविक मुक्ति जनवादी क्रान्ति पूरा गरी सामाजवादी राज्य व्यवस्थासँगै मात्र संभव छ । 

(लेखक क्रान्तिकारी युवा लिग ४ न. प्रदेशका सदस्य हुन् ।)

प्रतिक्रिया

सम्बन्धित खवर