काठमाडौं । जारी इंग्लिस प्रिमियर लिग फुटबलमा लिग लिडरको रुपमा रहेको लिभरपुलले शनिबार राति भएको खेलमा कठिन जित हात पारेको छ ।
ब्रिगटोनसँग भएको उक्त खेलमा लिभरपुलले १–० को नतिजा निकालेको हो । सुरुवाती समयदेखि नै दबावमा राखेको लिभरपुलले फराकिलो गोलअन्तरले भने जित हात पार्न सकेन । लिभरपुलको जितमा मोहमद सलाहले गोल गरे ।
पहिलो हाफमा बराबरी खेलेको लिभरपुलले दोस्रो हाफमा गोल गर्दै अग्रता बनाएको थियो । लिभरपुलका लागि खेलको ५०औं मिनेटमा मोहम्मद सलाहले पेनाल्टीबाट गोल गर्दै अग्रता दिलाएका थिए । बाँकी समयमा दुवै टिमबाट गोल हुन नसकेपछि खेल लिभरपुलले बिगटोनलाई १–० गोलले पराजित गरेको हो ।
शीर्ष स्थानमा रहेको लिभरपुलले जितपछि २२ खेलबाट ५७ अंक बनाएको छ । दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीभन्दा सात अंकले लिभरपुल अघि रहेको छ । एक खेल कम खेलेको सिटीको ५० अंक रहेको छ ।