काठमाडौं । मंसिर १२ देखि १७ सम्म चलेको नेकपा (क्रान्तिकारी क्रान्तिकारी माओवादी) केन्द्रीय समितिको बैठकले लिएका निर्णयहरुलाई प्रदेश र जिल्लाहरुमा प्रभावकारी कार्यान्वयनका लागि क्रान्तिकारी माओवादीका प्रदेश कमिटिका बैठकहरु धमाधम बसिरहेका छन् ।
प्राप्त जानकारी अनुसार क्रान्तिकारी माओवादीको ५ नं. प्रदेशको बैठक मंसिर १९ र २० गते बुटवलमा सम्पन्न भइसकेको छ भने ४ नं. प्रदेशको बैठक मंसिर २३ र २४ गते पोखरामा सम्पन्न भइसकेको छ । ३ नं. प्रदेशको बैठक मंसिर २६ र २७ गते सम्पन्न भएको छ । २ नं. प्रदेशको बैठक पुस ५ र ६ गते बसेको छ भने यता ७ नं. प्रदेशको बैठक पुसको ६ र ७ गतेमा सम्पन्न हुँदैछ भने ६ नं. प्रदेशको बैठक पनि ९ पुसमा सम्पन्न हुँदैछ ।

प्राप्त जानकारी अनुसार पार्टी केन्द्रको बैठकले लिएका निर्णयहरु खासगरी जनसंघर्ष, वर्गसंघर्ष र प्रतिरोध संघर्ष उठानका लागि प्रदेश स्तरमा ठोस योजना निर्माणमा क्रान्तिकारी माओवादीका प्रदेश बैठकहरु केन्द्रित भएका छन् । राष्ट्रियता, जनतन्त्र र जनजीविकाका विकराल समस्याहरुलाई लिएर क्रान्तिकारी माओवादीले देशव्यापी संघर्षको उठानको तयारी गर्दै आएको छ । केन्द्रीय समितिले गरेका निर्णयहरुको स्पिरिटलाई पकड्दै प्रदेश समितिहरुले संघर्षका योजनामा केन्द्रित रहेर छलफल भएको पार्टी पिविएम तथा ४ नं. प्रदेश सचिव श्यामले बताए । क्रान्तिकारी माओवादी ४ नं. प्रदेशले आउँदो जेठमा प्रदेश सम्मेलन गर्ने समेत निर्णय गरेको छ । यसैगरी अन्य प्रदेशहरुमा पनि प्रदेश सम्मेलनको तयारीका साथै संघर्षका ठोस योजनाहरु तर्जुमा गर्न छलफलहरु केन्द्रित भएको सम्बद्ध स्रोतले जनाएको छ ।

हार्दिक शुभकामना !

क्रान्तिकारी माओवादीको केन्द्रीय समितिको बैठकले राष्ट्रियता, जनतन्त्र र जनजीविकाका विषयलाई लिएर आमहड्ताल सम्मका संघर्षका कार्यक्रम गर्ने निर्णय लिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर