रियल फाइनलमा, बेलले गरे ह्याट्रिक

प्रकाशित मिति : २०७५ पुस ५

एजेन्सी । स्पेनिस टोली रियल म्याड्रिड फिफा क्लब विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । जसमा रियलका स्ट्राइकर ग्यारेथ बेलको ह्याट्रिक गरेका छन् ।

युएईको अवुदावीमा बुधबार राति भएको सेमिफाइनल खेलमा रियलले जापानिज क्लब काशीमा एन्टलर्सलाई ३–१ गोल अन्तरले हरायो । बेलले ४४ औं मिनेटमा खाता खोल्दै टोलीलाई अग्रता दिलाएका थिए । उनले ५३औं मिनेटमा दोस्रो र ५५औं मिनेटमा तेस्रो गोल गरेका थिए । खेलभर रियलको आक्रामणमा परेको काशीमाका लागि सोमा डाईले ७८औं मिनेटमा सान्त्वना गोल फर्काएका थिए ।

फाइनलमा रियलले युएईको क्लब अल इन फुटबलसँग प्रतिस्पर्धा गर्नेछ । फाइनल खेल शनिबार हुनेछ । अल इनले यसअघिनै साउथ अमेरिकन च्याम्पियन रिभर प्लेटलाई पेनाल्टी सुटआउटमा ५–४ गोलले हराउँदै फाइनलमा स्थान बनाएको थियो ।