नवलपरासी । पूर्व–पश्चिम महेन्द्र राजमार्गअन्तर्गत नवलपरासीको चालिस किलो जगंलनजिक यात्रुवाहक बस दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने १० भन्दा बढी घाइते छन् ।

काँकडभिट्टाबाट बुटवल तर्फ जाँदै गरेको ना ४ ख ७०४६ नम्बरको बस दुर्घटनामा एक जनाको मृत्यु भएको नवलपुर प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, मंगलबार बिहान ८ बजे भएको दुर्घटनामा पुरुषको मृत्यु भए पनि सनाखत हुन सकेको छैन ।

हार्दिक शुभकामना !

दुर्घटनाका घाइतेहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । १ जनालाई भने चितवनको भरतपुर लगिएको छ । अनियन्त्रित भएर पल्टेको बस सडकबाट तल खसेको छ । विगत केही समयता नवलपरासीमा सवारी दुर्घटना अत्याधिक रुपमा भईरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर