काठमाडौं । नुवाकोटको दुप्चेश्वर गाउँपालिका–१, घ्याङ्फेदीमा शुक्रवार मिनी ट्रक दुर्घटना हुँदा १८ जनाको घटनास्थलमा नै मृत्यु भएको छ भने अन्य १७ जना सख्त घाइते भएका छन् । दुर्घटना रातको ९.० बजे भएको थियो । दुर्घटना हुँदा मिनिट्रक बाटोबाट ३०० मिटर तल खसेको थियो । रातको समय भएकाले मृतकहरु सबैको सब रातमा संकलन गरी पहिचान हुन सकेन ।
दुुर्घटना हुँदाका बखत ट्रकमा करीब ४० जना मानिसहरु रहेको बताइएको छ । नुवाकोटको दुप्चेश्वर इलाका जस्तै नेपालका अन्य ग्रामीण इलाकाहरुमा पनि यस्ता घटनाहरु धेरैथोरै हुने गरेका छन् । यसमा दोषी ट्रक वा ट्रयाक्टर चालकहरु भन्दा पनि वस व्यवसायीहरु रहने गरेको स्थानीयको गनासो छ ।
वस व्यवसायीहरुले यी ग्रामीण इलाकाहरुमा सिण्डिकेट अहिले पनि जारी राखेका छन् । सिण्डिकेटमा चल्ने बसहरु एक त नियमित छैनन्, यो भन्दा बढी त उनीहरु आफ्नो मर्जीले कहिले बस चलाउने त कहिले नचलाउने गर्दै आएका छन् । तर स्थानीय सरकार र जिल्लाका अधिकारीहरु यसका बारेमा कहिल्यै पनि गम्भीर देखिएका छैनन् ।
वस व्यवसाय सञ्चालन गर्नु भनेको पैसा कमाउनु वा यवसाय चलाउनुका साथै स्थानीय जनतालाई दिने यातायात सुविधा पनि हो । तर यो केवल पैसा कमाउने र साहुको मर्जीको खेल हुन पुगेको छ । स्थानीय जनतालाई रातसाँझ वा बिहानमा आफ्नो आवश्यक परेको ठाउँमा जानु नै पर्छ । उनीहरु बसको ठेगान नहुने भएकाले ज्यानको जोखिम लिएर पनि ट्रक वा ट्रयाक्टरको जोखिमपूर्ण यात्रा सुरु गर्छन् । यो बाध्यताको यात्रा गाउँघरमा अहिले पनि जारी छ ।
देश वेपर्वाहमा चलेको छ । सरकार जनताप्रति उत्तरदायी छैन । नेताहरु आफ्ना कार्यकर्ता, समर्थक र शुभचिन्तकहरुप्रति लापर्वाह छन् । उनीहरुलाई आफ्नो व्यक्तिगत स्वार्थ, लाभ र कुर्सीभए पुग्ने गरेको छ । जहाँ पनि गुट र भागबण्डाको तानातान छ । त्यसमा झन् मुनाफा कमाउनका लागि गरिइने व्यवसाय ! स्वार्थभन्दा अरु कसलाई केको खाँचो भयो र ? वस व्यवसायीहरुका लागि पनि यही स्वार्थ लागु हुन्छ । यी सबैका कारण जनताले यस्तै विपद् भोग्नु परि नै रहेको छ ।

हार्दिक शुभकामना !

प्रतिक्रिया

सम्बन्धित खवर