जुम्ला । जुम्लामा शुक्रबार परेको हिमपातले कृषकहरु हर्षित भएका छन् । हिमपातले स्थानीयको जनजीवन कष्टकर त बनेको छ तर यो समयमा परेको हिमपातले स्याउ र हिउँदे बालिलाई फाइदा पुग्ने भन्दै कृषक खुसी पनि भएका छन् ।
जति हिउँदमा हिमपात हुन्छ, त्यति नै बाली राम्रो हुने स्थानीय बताउँछन् । कृषि विज्ञले हिउँ संकलन गरेर पोखरी वा विरुवामा जम्मा गर्न अनुरोध गरेका छन् । यस्तो बेलामा बिरामीको संख्या बढ्ने हुँदा धेरै हिउँ नखेल्न तथा चिसोबाट सुरक्षित रहन चिकित्सकले आग्रह गरेका छन् ।
हिउँ परेपछि अधिकांशमा खुसियाली छाएपनि यसबाट बालबालिका र वृद्ववृद्वा बढी प्रभावित भएका छन् । हावापानी फिल्ड कार्यालयका अनुसार जिल्लाको न्युनतम तापक्रम माइनस शून्य दशमलव आठ डिग्री सेल्सियसमा झरेको छ । हिमपात भएपछि वार्षिक परीक्षा समेत प्रभावित भएको छ । यस वर्ष यस क्षेत्रमा हिमपात छिटो भएको हो ।