डबल नेकपा परित्याग गरी क्रान्तिकारी माओवादीमा प्रवेश

डबल नेकपा परित्याग गरी क्रान्तिकारी माओवादीमा प्रवेश

नेपालगञ्ज । नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी)मा ध्रुवीकरण बढ्दै गएको छ । नेपालगञ्जबाट प्राप्त समाचार अनुसार डबल नेकपा परित्याग गरी ३१ जना स्थानीय नेता कार्यकर्ताहरु क्रान्तिकारी माओवादी)मा प्रवेश गरेका छन् ।

शनिबार भएको एक कार्यक्रमका बीच तत्कालीन माकेका तर्फबाट वडा सदस्यका प्रत्यासी माहाराजदिन कुर्मी, महिला वडा सदस्य साल्मा ढपाली, पार्टी सदस्यहरु महेश कुमार बर्मा, रोहित पडहर, पूर्व एमाले युवा पंकज कुमार बर्मा लगायत ३१ जना क्रान्तिकारी माओवादीमा प्रवेश गरेका हुन् । सोही कार्यक्रमबाट विरेन्द्रकुमार बर्माको संयोजकत्वमा २५ सदस्यीय देशभक्त जनगणतान्त्रिक मोर्चाको वडा कमिटि निर्माण गरिएको छ भने पंकज कुमार बर्मा सचिव रहेको पाँच सदस्यीय पार्टी सेल समेत गठन गरिएको छ ।

क्रान्तिकारी माओवादीका केस संकुलको प्रमुख आतिथ्यता रहेको उक्त कार्यक्रममा बाँके सचिव अर्जुन, बर्दिया सचिव भुकम्प लगायतका नेताहरुको उपस्थिति रहेको थियो ।