काठमाडौं । नेपाल राष्ट्रिय प्राध्यापक संगठनले त्रिभूवन विश्वविद्यालय र यसका महत्वपूर्ण प्राज्ञिक निकायहरुमा भइरहेको पार्टीकरण, आर्थिक अनियमितता, शैक्षिक एवम् प्राज्ञिक भ्रष्टाचारका विरुद्ध भन्दै त्रिविमा तालाबन्दी गरेको छ ।

हार्दिक शुभकामना !

यस विषयमा समय समयमा गरिएका संवाद र सहमति एवम् सकारात्मक समाधानका उपायलाई बेवास्ता गरी व्यक्तिगत र पार्टीगत स्वार्थ पुरा हुने गरी भएका नियुक्ति र भयावह भ्रष्टाचार तथा प्राज्ञिक स्खलनका विरुद्ध प्राध्यापक संगठनले त्रि.वि. र मातहतका संकाय र संस्थानहरुमा क्रमशः संघर्ष गर्दै जाने कार्यक्रम रहेको जनाएको छ ।

संगठनका अध्यक्ष प्रा.डा. जगदीश चन्द्र भण्डारी र महासचिव डा. शिवनारायण यादवले संयुक्त रुपमा २० मंसिरमा जारी गरेको वक्तव्यमा भनिएको छ, “संघर्षको प्रथम चरणमा मानविकी तथा सामाजिक शास्त्र संकाय डिनको कार्यालय कीर्तिपुरमा तालाबन्दी गरिएको व्यहोरा जानकारी गराइन्छ । यसबाट उत्पन्न परिस्थितिको जिम्मेवार त्रि.विका पदाधिकारी र डिन रहनेछन् ।”

 

प्रतिक्रिया

सम्बन्धित खवर