चितवन । जिल्लाकै ठूलो मध्येको एक एनपिआई÷एनएसएच कलेजमा आइतबार अखिल (क्रान्तिकारी)को मूल इकाई कमिटि गठन भएको छ । प्रताप बस्याल अध्यक्ष रहेको ३९ सदस्यीय कमिटि निर्माण गरिएको छ । उक्त कमिटिका उपाध्यक्षमा गिरिराज हुमागाई, संजय केीि, सुस्मिता अधिकारी, लाल कुमारी गुरुङ रहेका छन् भने सचिवमा शिवराज नेपाली रहेका छन् । सहसचिवहरुमा मनोज पल्ली, सुरक्षा थापा, रन्जन जयसवाल, सविना यादव रहेका छन् भने कोषाध्यक्षमा अनिल यादव रहेका छन् ।
संगठनका पूर्व जिल्ला अध्यक्ष अमृत चपाईको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा विध्यार्थी नेताहरु दिपक पोखरेल, अर्जुन विस्ट, निश्चनल, अस्विन, नारायण दाहाल, नविन श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा विध्यार्थी नेता चपाईले निजी शैक्षिक संस्थालाई राज्यको मातहतमा ल्याउनुपर्ने, विध्यार्थीहरुलाई देशैभर एउटै शुल्क सिलिङ तोकिनु पर्ने धारणा राखेका थिए ।