चितवन । जिल्ला स्थित कलेज अफ मेडिकल साइन्समा अध्ययनरत विध्यार्थीहरु नेकपा (क्रान्तिकारी माओवादी) निकट अखिल (क्रान्तिकारी)मा संगठित भएका छन् । कलेजको परिसरभित्र भएको एक कार्यक्रमका बीच उनीहरु संगठित भएका हुन् । 

हार्दिक शुभकामना !

प्राप्त जानकारी अनुसार उक्त साइन्स कलेजकी छात्रा जयन्ती न्यौपानेको नेतृत्वमा २५ सदस्यीय कलेज इकाई कमिटि निर्माण गरिएको छ । उक्त कमिटिको उपाध्यक्षमा अनुषा अधिकारी, आकृति क्षेत्री र रोशनी गौतम, सचिवमा राजकुमार रावत, सहसचिवमा ममता लामा, श्रृष्टि आले, सरोस्मा श्रेष्ठ कोषाध्यक्षमा निशान सिलवाललाई चयन गरिएको छ । 

संगठनका पूर्व चितवन जिल्ला अध्यक्ष अमृत चपाईको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा संगठनका जिल्ला सहसचिव निश्चल चदरा, जिल्ला सदस्यहरु प्रताप बस्याल, नारायण दाहाल, अस्मिन गुरुङलगायतका नेताहरुको उपस्थिति रहेको थियो । विध्यार्थी नेता चपाईले शैक्षिक माफियाविरुद्ध अखिल क्रान्तिकारीले अब कारबाही थाल्ने चेतावानी दिएका छन् । 

 

प्रतिक्रिया

सम्बन्धित खवर