काठमाडौं । विश्वभर मोबाइलको सञ्जाल भएको चीनको हुवावेइ मोबाइल कम्पनीका एक प्रमुख मेङ वाङझुलाई क्यानडेली सरकारद्वारा गरिएको गिरफ्तारीको विषय अमेरिका र चीन बीचको व्यापार युुद्धको ‘हिट लिस्ट’ को स्तरमा पुगेको बताइएको छ । क्यानडाको भ्यानकुभर विमानस्थलमा विमान चढ्न लाग्दा गिरफ्तार परेकी उनी हाल क्यानडेली अदालतको फैसलाको पर्खाइमा छिन् ।

हार्दिक शुभकामना !

उनलाई चीन पठाइने छ वा अमेरिका भन्ने कुरा निश्चित भएको त छैन, तर अमरिकाले अमेरिका–क्यानडाबीचमा भएको सपुर्दगी सन्धी अनुसार वाङझुलाई अमेरिका सुपुर्दगी गरिनु पर्ने कुरामा अडान राख्दै आएको छ ।

कुटनीतिक रुपमा हिट लिस्टको अर्को चरणको अमेरिका–चीनबीचमा व्यवापार युद्ध पुगिसकेको विश्लेषकहरुले बताउन थालेका छन् । केही समयअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले केही निश्चित कम्पनी तथा उद्योगहरुमाथि कारवाही सुरु गरिने भनी चेतावनीको भाषा प्रयोग गरेका थिए ।

वाङझुको गिरफ्तरीको गह्रुंगो बोझको अभिव्यक्ति क्यानडेली प्रधानमन्त्री जस्टिन ट्रुडोले निकै गम्भीरताका साथ दिएका थिए । उनले वाङझुमाथि कुनै पनि आरोप लगाउनु भन्दा पनि क्यानडा एक सुशासन भएको मुलुक भएको र संविधान तथा ऐननियमहरुले बाँधिएकाले कानुन बमोजिम प्रक्रिया अघि बढाइने बताएका थिए । उनका अनुसार वाङझुले कानुनी प्रक्रियाहरुबाट गुज्नु पर्ने पनि बताएका थिए ।

यसबाट आफैमा प्रस्ट हुँदै थियो कि वाङझुको यो गिरफ्तारी अमेरिकाको चर्को दबाबमा भएको थियो । यो गिरफ्तारलिाई चीनले निकै सतर्कताका साथ प्रतिक्रिया दिंदै ‘मानव अधिकारको उल्लंघन’ भनेको छ । र, वाङझुलाई तुरन्त चीन पठाउन खबरदारी पनि गरेको छ । यसले राजनीतिक हस्क्षेपको कोणबाट मुछिन नचाहेका क्यानडेली प्रम जष्टिन अत्तालिन पुगेका छन् ।

चीनले वाङझुको गिरफ्तारी के र कुन कारणले गरिएको हो, सोको बारेमा तुरन्त जवाफ दिन पनि कयानडामाथि दवाव सिर्जना गरेको छ । व्यापार युद्धको कभरमा भइरहेको चीन र अमेरिकाको यो कुटनीतक राजनीतिक युद्धले अमेरिकामा शेयर बजार निकै आह्रालो लागेर २ प्रतिशतमा झरी ठप्प हुन पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर