
काठमाडौं । प्रधानमन्त्री केपी शर्माओली सामाजिक सुरक्षा योजनाहरुको प्रचार सााममग्री लिएर जनताका माझमा मंगलवार उपस्थित हुने भएका छन् । उनको यो प्रचारमुखी योजनाहरुलाई विश्लेषकहरुले ‘अर्को रंगीन बेलुन उडान’ को संज्ञा दिएका छन् । उनको यो कार्यक्रम कमलादीको नेपाल प्रज्ञा प्रतितष्ठानमा हुने भएको छ ।
प्रम ओली आफैले अपत्यारिलो भाषाको प्रयोग गर्दै ‘नयाँ युग’ को सुरुआत भनिदिएपछि जनतामा हाँसो उठिरहेको छ । जनतालाई सेवा र सुरक्षा प्रदान गर्नु सरकारको प्राथमिक दायित्व हो । यो कुरा कसैका माझमा लुकाउनु पर्दैन पनि । तर सरकारले निकै हल्ला खल्ला गरिरहेको छ, काम गरिएको छ भनेर । तर परिणाम केही पनि छैन । नौमहिनाको कार्यकालमा सरकारी काम फुस्सा साबित भएको छ । सरकारले गरेका कुराहरु हावामा उडाइएका बेलुन जस्ता बनेका छन् ।
वाादशाहका आधुनिक कपडा नेपाली जनताले देखिसकेका छन् । जुलाहाहरुले निकै मेहनत गरिरहेका छन् । तर जनताका आँखाले नदेखिने कपडाहरुको निकै चाङ लाग्न पुगेको छ । प्रम आफैले यसको बखान गर्न समय पाइरहेका छैनन् । तर जब जनताका बीचमा प्रम आउँछन् वा देखा पर्दछन्, उनी नांगै हुने गरेका छन् । मंगलबारे ‘सामाजिक सुरक्षा योजना’मा पनि उनी नांगै देखा पर्ने छन् ।
भर्खरै मात्र सरकारी चौमासिक समीक्षा हेर्दा थाह लाग्छ, ‘चरीको खुट्टी देखेर पत्याएँ’ । निर्मला पन्तको बलात्कार र हत्यापछि अन्य निर्मलाहरुको दैनिक भइरहेको बलात्कार, बेचबिखन, यौन हिंसा, बोक्सीको आरोप, छाउ गोठ तथा अन्य विभेदकारी कुराहरु जस्ताको तस्तै छन् । अर्बौंको विमान घोटाला, दसै, तिहार र छठमा चिनी कमिसन, एयरपोर्ट निर्माणका नाममा वन फँडानीका योजना कायमै छन् । देशभर काठ तस्करी र सरकारी संरक्षण, सुनको योजनाबद्ध तस्करी, रक्त चन्दनको व्यापार र नदीहरुको लिलाम बढाबढमा बेचबिखन भइरहेको छ । सबैको साझा प्रश्न छ– युवाहरुलाई देशमा रोजगारी दिनुभन्दा विदेश तस्करी गर्ने र आफूहरु महंगा गाडी खरिद तथा आलिशान बंगलाहरु निर्माणमा लागेको माफियाको सरकार नाटकीय रुपमा कसरी वास्तविक सामाजिक सुरक्षाको कार्यक्रम लिएर आउन सक्छ ?
विश्लेषक तथा जनताको भनाइमा यो एउटा रंगिन बेलुन हो, जो उडाएको केही क्षणमा नै फुटेर जाने निश्चित छ ।






























