काठमाडौं । सोमवार रुसले केही युक्रेनी पानी जहाजहरुलाई रुस–युक्रेन समुद्री सीमाबाट कब्जामा लिएपछि युक्रेनमा संकटकाल घोषणा गरिएको छ । रुसबाट हुन सक्ने संभावित खतरालाई मध्यनजर गरेर यसो गरिएको युक्रेनले बताइएको छ । युक्रेनी राष्ट्रपति पोरोसेन्कोले देशको सारा नियम कानुन ६० घण्टाका लागि आफ्नो मुट्ठीमा लिएका छन् ।
जहाज कब्जासँगै केही मानिहरु तथा चालक दलहरु पनि रुसी कब्जामा परेका छन् । युक्रेनले कब्जामा लिइएका आफ्ना चालक दललाई घाइते बनाएको आरोप लगाएको छ भने रुसले यसलाई अस्वीकार गर्दै युक्रेनी पानीजहाजहरु सचेत गराइँदै गर्दा पनि अटेरी गरेर रुसी सीमा इलाकाभित्र प्रवेश गरेपछि कब्जामा लिइएको प्रस्टीकरण दिएको छ ।
अमेरिका र युरोप लगायतका पश्चिमा देशहरुले यसो गरेर रुसले अन्तर्राष्ट्रिय कानुन उल्लंघन गरेको आरोप लगाएका छन् ।
यसअघि रुसको ओर्थोडक्स चर्च अन्तर्गत रहेको युक्रेनी कन्स्ट्यान्टिनोपल चर्च अलग भएको थियो । विगत ३०० वर्षदेखि साथै रहेको उक्त चर्च स्वतन्त्र भएको रुसको ओर्थोडक्स चर्चले घोषणा गरिरहँदा युक्रेनी राष्ट्रपति पारोसेन्कोले रुसलाई कडाशब्दमा गाली गरिरहेका थिए ।
युक्रेनको क्राइमिया रुसमा गाभिएपछि रुस र युक्रेनबीच चलेको शीत युद्ध भुसको आगो झैं भित्रभित्र बलिरहेको छ ।