भो चाहिएन तिम्रो सत्ता

प्रकाशित मिति : २०७५ मंसिर ११

- उज्ज्वल


भो चाहिएन तिम्रो सत्ता यो, देखियो देखायौं नाङ्गै ।
टोपीले छोप्दा नदेखिए पनि डोकाले छोप्दा ल्याङफ्याङ्गै ।।

रेल र तेलका कुरा धेरै ग¥यौं, पानी जहाज तिम्रो कहाँ गयो ।
सुन तस्कर, ठेकेदार र सिण्डिकेटबाट तिम्रो कमाई कति भयो ।।
बालखैमा निमोठिएकी निर्मलालाई न्याय माग्दा पीडितहरु बौलाउनु पर्ने ।।।
‘हत्यारालाई कारबाही गर’ भन्दै देशैभरि आन्दोलन फैलाउनु पर्ने ।।।।

जनतालाई न्याय नदिने तिम्रो यो सत्ता, भो अब चाहिएन ।
समाजवाद उन्मुख सत्ता रे, कम्युनिस्टको बदनाम भन्दा अरु पाइएन ।।

जनप्रतिनिधि हुन् कि विचौलिया, जनतालाई छुट्याउनै गाह्रो भो ।
अध्यक्ष जति सबै डोजर मालिक, बजेट तिनकै खल्तिमा स्वाहा भो ।।
बोकाएर करको भारी जनतालाई, तिनको मोजमस्ती अति भयो ।।।
जनताको विश्वासमाथि घात ठूलो, दिएको भोट सबै खेर गयो ।।।।

जनता चुस्ने, देश लुट्ने, भो चाहिएन तिम्रो सत्ता यो ।
अत्याचारले सीमा नाघ्यो, यो त हेर अति नै भो ।।

दुईतिहाईको दम्भ देखाई, स्वेच्छाचारी बनेपछि ।
जनताका हक खोस्न, पराईको आदेश मानेपछि ।।
दश हजार वर्ग किमि भूमि, आफ्नै नक्साबाट गायब पारिदा पनि ।।।
नक्कली नक्साले बजार र सरकारी अड्डा सबै भरिदा पनि ।।।।

देश नदुख्ने तिम्रो सत्ता यो, भो अब जनतालाई चाहिएन ।
सत्तामा टिकिराख्न, विस्तारवादको दलालीभन्दा अरु पाइएन ।।

नाघ्दै जाँदा अत्याचारको सीमा, विद्रोहको राँको बल्नेछ ठाउँ ठाउँबाट ।
एक एक गरी दलालहरुलाई जनताले, लखेट्नेछन् गाउँ गाउँबाट ।।

देश र जनतालाई माया नगर्ने तिम्रो सत्ता, अब किन राख्नु प¥यो ।
हलेदो हो भन्ने थाहा पाइसकेपछि अब, कतिपटक चाख्नु प¥यो ।।

जनता अब जागी सके, सडकतिर हेरे हुन्छ ।
तिम्रो सत्ता ढल्छ अब, ओछ्यानहरु बेरे हुन्छ ।।

दमन गरे प्रतिरोध हुन्छ, जनताले हारेको कहाँ छ र ।
दलाल यो सत्ताको जनतालाई, अब रतिभर छैन भर ।।
२०७५÷०८÷११