ललितपुर । देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल ललितपुरले आफ्ना ४० सुत्रीय माग यथाशिघ्र पूरा नगरिए संघर्षमा जाने चेतावानीसहित ललितपुर महानगरलाई ज्ञापन पत्र बुझाएको छ । मोर्चाकी ललितपुर संयोजक इन्दिरा अधिकारीको नेतृत्वमा गएको मोर्चाको एक टोलीले ललितपुर महानगरपालिकाका मेयर चिरिबहादुर महर्जनलाई सोमबार उक्त ज्ञापन पत्र बुझाएको हो । मेयर महर्जनको कार्यकक्षमा ज्ञापनपत्र प्रस्तुत गर्दै मोर्चाकी संयोजक अधिकारीले भनिन्, “हाम्रा यी माग अविलम्ब पूरा नगरिए देजमो संघर्षमा जान बाध्य हुनेछ ।”

हार्दिक शुभकामना !

ज्ञापन पत्र बुझाउने कार्यक्रममा उपस्थित नेकपा (क्रान्तिकारी माओवादी)का केन्द्रीय सदस्य तथा ललितपुर इन्चार्ज हरिकृष्ण गजुरेलले मोर्चाले उठाएका मागहरु जनताका माग भएकोले त्यसको अविलम्ब सम्बोधन गर्न आग्रह गर्दै त्यसो नगरिए मोर्चासँग संघर्षबाहेक अर्को विकल्प नहुने बताए । क्रान्तिकारी माओवादी ललितपुरका सेक्रेटरी श्याम केसीले पनि महानगरभित्रका जनताले भोग्नु परेका समस्या समाधान नगरे जनता विद्रोहमा उत्रन बाध्य हुने भन्दै मोर्चाले उठाएका मागहरुको सम्बोधनमा ढिलाई नगर्न मेयरको ध्यानाकर्षण गराए । ज्ञापन पत्र बुझ्दै मेयर महर्जनले मोर्चाले उठाएका सबै मागहरु जायज रहेको भन्दै सकेसम्म मागहरुको विलम्ब नगरी सम्बोधन गर्ने प्रतिबद्धता जनाए ।

मोर्चाले राष्ट्रियता, जनतन्त्र, जनजीविकालगायत जिल्लाका मागहरुलाई अगाडि सारेको छ । ज्ञापन पत्र बुझाउन गएको टोलीमा क्रान्तिकारी पत्रकार महासंघका केका सदस्य लोकराज जैसी, महासंघकै केन्द्रीय सदस्य कुमार भट्टराई, विद्यार्थी नेता इश्वरी गुरागाई, नेवाः मक्ति मोर्चाका जिल्ला संयोजक जगदिश महर्जन, पार्टीको महानगर सेक्रेटरी नगेन्द्र महर्जन लगायत नेताकार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

यस्ता छन् मोर्चाले अगाडि सारेका मागहरु :

श्री प्रमुख ज्यू,
ललितपुर महानगरपालिका
ललितपुर ।

विषयः ज्ञापनपत्र ।

देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल ने.क.पा. (क्रान्तिकारी माओवादी) समर्थित मोर्चा हो । यसले राष्ट्रियता, जनतन्त्र र जनजीविकाको पक्षमा निरन्तर संघर्ष गर्दै आएको कुरा जानकारी गराउन चाहन्छौं । यस ललितपुर महानगरपालिका भित्र विविध समस्याहरु रहेको कुरा पनि अवगत गराउन चाहन्छौं । सडक, खानेपानी, विजुली, शिक्षा र स्वास्थ्य लगायत जनसरोकारका क्षेत्रमा हुने भ्रष्टाचार, अनियमितता, लापरवाही, ढिलासुस्तीका कारण जनता मर्माहत भएका छन् । भुकम्पले विध्वंस मच्चाएको ३ बर्ष ७ महिना बितिसक्दा पनि कतिपय जनसमुदायले आफ्नो बस्ने बास समेत निर्माण गर्न नसकेको अवस्था छ भने प्राकृतिक सम्पदाहरुको पुर्ननिर्माण कार्य समेत प्रभावकारी ढंगले अघि बढ्न सकेको छैन । महानगरको अग्रगामी परिवर्तन, विकास र सम्वृद्धिको अभियानलाई अघि बढाउनको निम्ति महानगरपालिका भित्र रहेका समस्याहरुलाई गम्भीर ढंगले बोध गरि योजनावद्ध रुपमा कार्यक्रमहरुलाई अघि बढाउनु जरुरी छ ।

हाम्रो संगठनले यो विषयवस्तुहरुलाई समेटेर सुत्रवद्ध गरी ज्ञापनपत्रका रूपमा निम्न अनुसार मागहरू समावेश गरी प्रस्तुत गरेको छ । यदि यी मागहरूलाई पुरा गर्ने कामलाई यथासिघ्र अघि बढाइएन भने संघर्ष बाहेक अर्को विकल्प रहने छैन ।

१. नेपाली भूभाग गायब गरिएका गलत नेपाली नक्सालाई हरेक कार्यालयहरुबाट हटाई वास्तविक नेपाली नक्सा तत्काल राखियोस् ।
२. स्थानीय स्तरमा उपलब्ध श्रोत र साधनहरुको पहिचान गरी त्यसलाई सुचिकरण गरियोस् ।
३. महानगरपालिका भित्रका सार्वजनिक सम्पत्तीको संरक्षण एवं संवद्र्धन गरियोस् ।
४. बिकास आयोजनाहरु जनसहभागिता मुलक बनाईयोस् ।
५. हरेक कार्यालयहरुमा हुने ढिलासुस्ती, बेवास्ता, अनियमितता र लापरवाही जस्ता कृयाकलापहरुलाई पुर्ण रूपमा अन्त्य गरियोस् ।
६. जनताका सेवासुविधा लगायत कार्यहरुलाई सहज एवं छिटो छरिटो ढंगले प्रदान गर्ने व्यवस्था मिलाइयोस्
७. सडक आयोजनाको नाममा सम्पदा र बस्ती माथीको अतिक्रमण तत्काल बन्द गरियोस् ।
८. सडक विस्तारले विस्थापित हुन पुगेका नागरिकलाई तत्काल उचित क्षतिपुर्तितको व्यवस्था गरियोस् ।
९. भुमिको खण्डिकरण गरि जथाभावी प्लटिङ गर्ने कार्यलाई पुर्ण रूपमा रोक लगाई कृषियोग्य जमिनको संरक्षण गर्ने नीति लागु गरियोस् ।
१०. करको नाममा दोहोरो÷तेह्रो र जथाभावी कर लगाएर जनतालाई शोषण गर्ने कार्यलाई पुर्ण रूपमा बन्द गरियोस् ।
११. चर्को सेवाशुल्क कायम रहेको अवस्थामा झन सम्पती माथी करको भार थोपर्नु अनुचित छ यसर्थ विना मापदण्ड सम्पती कर लगाउने कार्य खारेज गरियोस् ।
१२. कृषिमा आधुनीकिकरणको प्रक्रिया अविलम्ब थालनी गरियोस् ।
१३. कृषि बजारहरुको स्थापना गरियोस् ।
१४. खानेपानीमा ढल मिसिएर आउने समस्यालाई पुर्ण रूपमा समाधान गरि स्वच्छ खानेपानीको प्रबन्ध मिलाइयोस् ।
१५. भुकम्प पिडितहरुको ५ वर्ष सम्मको कर मिनाह गरियोस् ।
१६. कालाबजारी भू–माफिया र भ्रष्टाचारीहरुलाई तत्काल कारवाही गरियोस् ।
१७. शिक्षा र स्वास्थ्यमा हुने नीजिकरण, दलालीकरण र माफियाकरणको पुर्ण रूपमा अन्त्य गरियोस् ।
१८. सबै भाषाभाषीलाई समान अवसर प्रदान गरि स्थानीय मातृभाषामा पनि पठन पाठनको व्यवस्था मिलाइयोस् ।
१९. सरकारी अस्पतालमा निःशुल्क एवं सहज ढंगले पुर्ण रूपमा स्वास्थ्य उपचारको ब्यवस्था मिलाइयोस् ।
२०. बृद्धहरुलाई घरमै स्वास्थ्य परिक्षण र औषधी उपचारको सेवा सुविधा उपलब्ध गराउने व्यवस्था मिलाइयोस् ।
२१. बिग्रेका, भत्केका र खाल्डाखुल्डी परेका सडकहरु यथासिघ्र मर्मत गरियोस् ।
२२. बतावरण प्रदुषणलाई पुर्ण रूपमा रोकथाम गर्ने नीति अवलम्वन गरि दृढताको साथ कार्यान्वयन गरियोस् ।
२३. हरिसिद्धि ईंट्टा तथा टायल कारखाना नीजिकरण गरि कारखानाको जग्गा प्लटिङ र विक्रिवितरण समेत गरिएकाले सो उद्योगलाई राष्ट्रियकरण गरियोस् ।
२४. सो कम्पनीका मालिकहरुले राज्यलाई ठगी अवैध रूपमा कमाएको सम्पती राष्ट्रियकरण गरियोस् ।
२५. हरिसिद्धि ईंट्टा टायल कारखानाका नीजि सञ्चालकहरुलाई कारबाही गरियोस् ।
२६. विना मापदण्ड उद्योग सञ्चालनले विविध प्रकारका प्रदुषण पैदा भई जनतामा असर पुग्ने हुँदा मापदण्ड बनाई सञ्चालन गर्ने कुरालाई दृढताका साथ कार्यान्वयन गरियोस् ।
२७. युवा लक्षित रोजगार कार्यक्रम लागु गरियोस् ।
२८. बाल अधिकारको पुर्ण प्रत्याभुत गरियोस् र बालश्रम शोषणलाई निषेध गरियोस् ।
२९. बृद्धभत्ता आधारभुत आवश्यकता पुरा गर्ने गरि प्रदान गरियोस् र घरघरमै पु¥याउने व्यवस्था मिलाइयोस् ।
३०. महिला माथि हुने सबै प्रकारका हिंसा र विभेदको पुर्ण रूपमा अन्त्य गरियोस् ।
३१. अशक्त र अपाङ्गहरूको विवरण संकलन गरि उनीहरूको हकहितको संरक्षण गरियोस् ।
३२. लागु औषध दुव्र्यसनी, जुवातास तथा अन्य विकृतिजन्य क्रियाकलाप माथि पुर्ण रूपमा नियन्त्रण गरियोस् ।
३३. भुस्याहा कुकुरको पुर्ण रूपमा व्यवस्थापन गरियोस् ।
३४. साझा बसको व्यवस्था गरियोस् ।
३५. ट्रिपर व्यवसायी र स्थानीय बासिन्दा बीचको आन्तरिक कलहलाई वास्तविक रूपमा पहिचान गरि दीर्घकालिन ढंगले समाधान गरियोस् ।
३६. यत्र तत्र छरिएर रहेका बिजुलीका पोल र तारहरुको ब्यवस्थापन गरियोस् ।
३७. साम्राज्यवाद, विस्तारवाद र प्रतिक्रियावादको पक्षपोषण गर्ने एवं उनीहरूको हितमा काम गर्ने एन.जी. ओ.÷आइ.एन.जी.ओे लाई खारेज गरियोस् ।
३८. स्थानीय कला संस्कृतिको संरक्षण र संवद्र्धन गरियोस् ।
३९. पर्यटकीय स्थलको पहिचान गरी महानगरलाई पर्यटकीय गन्तव्यको रुपमा बिकास गरियोस् ।
४०. खेलकुदलाई प्राथमिकता दिई प्रत्येक वडामा कम्तिमा एउटा राष्ट्रिय स्तरको खेल मैदान निर्माण गरियोस् ।

…………………………..
इन्दिरा अधिकारी
संयोजक

प्रतिक्रिया

सम्बन्धित खवर