काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूले पत्रका जमाल खसोग्जीको हत्याको श्रव्य सामग्री आफ्ना कानले नै सुन्न पाएको बताएका छन् । श्रव्य सबैलाई सुनाउन नसकिने हृदय विदारक रहेको कुरामा पनि उनले जोड दिएका छन् ।
यो श्रव्य सुनिसकेपछि निकै पीडा र सस्यामा रहेको कुरा पनि बताएका छन् । अमेरिकाका समर्थक तथा साउदी राजपविारका कट्टर विरोधी खसोग्जीलाई गुमाउँदा राष्ट्रपति ट्रम्प जति दुखित छन्, त्यति नै उनी आफ्ना साथी तथा मित्र देश साउदीलाई गुमाउन चाहँदैनन् ।
यो भनाइको अन्तर्यमा धेरै कुरा लुकेको छ । कसरी साउदी अरेबियालाई हतियार भिडाउने भनेर कुनै न कुनै बहाना खोजिरहेका राष्ट्रपति ट्रम्पले अहिले निकै उचित बहाना भेट्याएका छन् । त्यो भनेको पत्रकार जमाल खसोग्जीको हत्याआवरणमा साउदी अरबलाई पेलेर जति सक्यो बढी हतियार बिक्री गराउनु हो ।
उनी यसका लागि वातारण बनाउन तल्लिन रहेका छन् ।