काठमाडौं । ललितपुरलाई विश्वको ३५ औं कलानगरीको सूचीमा राखिएको छ । संयुक्त राज्य अमेरिकामा केन्द्रीय कार्यालय रहेको विश्व कला परिषद्ले ललितपुरलाई ३५ औं उच्च कोटीमा राखेको हो । ललितपुर महानगरीका नगर प्रमुख चिरिबाबु महर्जनलाई विश्वकला परिषद्ले प्रमाणपत्र हस्तान्तरण गरी ससम्मान उक्त जानकारी गराएको हो ।

हार्दिक शुभकामना !

वास्तु कलाका हिसाबले ललितपुर आफैमा निकै प्राचिन सहरहरुमध्येमा पर्दछ । यहाँ अद्वितीय कलाका नमूनाहरु त पाइन्छन् नै, समयका हिसाबले पनि ती अति प्राचीन नै मानिन्छन् ।

ललितपुरको एउटा महत्वपूर्ण विशेषता भनेको त युगका हिसाबले यहाँ सत्य, त्रेता, द्वापर र कलियुगका विशषताहरु झल्कने गरी कलात्माक भवनहरु निर्माण गरिएका छन् । प्रायः १६औं शताब्दीमा बनेका मन्दिर तथा देवलहरु यहाँका प्रमुख आकर्षक मानिन्छन् । १७ औं शताब्दीसम्म पनि निर्माणका यी कार्यहरु निरन्तरतामा अघि बढिरहेका पाइन्छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर