काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) समर्थित देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल र क्रान्तिकारी युवा लिग, नेपाल काठमाडौं जिल्ला कमिटिको संयु क्त टोलीले सरकारी कार्यालयहरुमा नक्कली नक्सा प्रयोगका विरुद्ध दोस्रो चरणको अनुगमन थालेको छ । काठमाडौंको बुढानिलकण्ठ नगरपालिकाबाट आज विहान १० बजेबाट अनुगमन थालेको हो । बाँकी ७ वटा नगरपालिकामा संयुक्त टोलीले नगर प्रमुखलाई सक्कली नक्सा प्रयोगका लागि स्मरण पत्र समेत बुझाउने कार्यक्रम रहेको छ । कार्यक्रममा क्रान्तिकारी माओवादीका केन्द्रीय नेताहरुसहित मोर्चा र युवा लिगका नेता कार्यकर्ताहरुको सहभागिता रहेको छ । करिब ३० वटा मटरसाइकलमा टोली अनुगमनमा खटेको आयोजकले जानकारी दिए ।

हार्दिक शुभकामना !


संयुक्त टोलीले पहिलो चरणमा असोज २८ गते विभिन्न सरकारी कार्यालयमा अनुमगम गरेको थियो । अनुगमनको क्रममा संखरापुर, कागेश्वरी मनोहरा र गोकर्णेश्वर नगरपालिकामा कालापानी क्षेत्र गायब पारिएको नक्कली नक्सा प्रयोग गरेको पाइएको थियो । देजमो र क्रान्तिकारी युवा लिगको संयुक्त टोलीले नक्कली नक्सा प्रयोग भएको फेला पारेपछि नगरपालिकाको कार्यालयमा भेटिएका जनप्रतिनिधिहरुले नक्कली नक्सा हटाई सक्कली नक्सा (कालापानी क्षेत्र भएको) प्रयोग गर्ने प्रतिबद्धता जनाएका थिए । संखरपुरा नगरपालिकाकी उपमेयर शुक्र लक्ष्मी श्रेष्ठले सक्कली नक्सा प्रयोगको लागि सतर्क र सचेत गराएकोमा अनुगमन टिमलाई धन्यवाद समेत दिएकी थिइन । उनले दशैंपछि लगतै उक्त नक्सा हटाएर सक्कली नक्सा प्रयोग गर्ने प्रतिवद्धता जनाएकी थिइन । अनुगमन टोलीले सक्कली नक्सा प्रयोगको लागि स्मरणपत्र दिने र अनुगमन गर्ने अभियान चलाइरहेको छ ।
राष्ट्रियता, जनतन्त्र र जनजीविकाका ज्वलन्त सवालहरुमा मोर्चा र लिगले निरन्तर विरोध प्रदर्शन गर्दै आएका छन् । असोज २३ गते मात्र दुवै संगठनको संयुक्त आयोजनामा कालो काठमाडौंमा वृहत् मार्चपास तथा विरोध सभा गरिएको थियो । विरोध सभालाई देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका केन्द्रीय अध्यक्ष सीपी गजुरेलले सम्बोधन गरेका थिए भने मार्चपासमा सयौं नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो । कालो टि–सर्ट, झण्डा र व्यानरसहित प्रदर्शन गरिएको कालो मार्चपास शान्तिबाटिकाबाट सुरु भई बागबजार, पुतलीसडक, पद्मोदय मोड, प्रदर्शनीमार्ग, सुन्धरा, न्यूरोड, इन्द्रचोक, असन हुँदै शान्तिबाटिकामा पुगेर विरोधसभामा परिणत भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर