समुद्र तात्दैजाँदा जलचर प्राणीहरु ठूलो संकटमा

प्रकाशित मिति : २०७५ कार्तिक १५

काठमाडौं । समुद्रमा तातोपना आश्चर्यजनक रुपमा बढ्दै गएको प्रति वैज्ञानिकहरु चिन्तित भएका छन् । समुद्रको पानी तात्तुकोकारणले त्यहाँ रहेका जलचर प्राणीहरु निकै संकटमा परेका छन् । ध्रुवीय क्षेत्रहरुको हिउँ जमेको पानीभित्र रहने विभिन्न प्रजातिका ह्वेलहरु लोप हुने अवस्थामा पुगेका छन् । जलसंसारमा उत्पन्न भएकोे यो समस्याले सिंगो पृथ्वीको आयु र मानव जतिको अस्तित्वका दिनहरुको गणना हुन थालेको बताइएको छ ।

ग्लोबल वार्मिङको असर समुद्रको पिंधमा पनि परिहेकाले समुद्र पिंधबाट पनि निरन्तर तातिइरहेको छ । वारम्बारका ठूलाठूला ज्वालमुखी र भूकम्का कारणले पनि समुद्रको पानी तात्ने प्रक्रियालाई तिब्रता दिइरेको छ । हावाहुरी र सुनामीले पनि निरन्तर पृथ्वी तात्ने प्रक्रियालाई सघाइरहेको छ । यसका साथै ओजोन तहको विनास र परावैजनी किरणको तरल समुद्रमा प्रत्यक्ष प्रकाशका कारणले समद्रको पानी तात्ने तरिरहेको छ ।

समुद्रमा मानव निर्मित पानी जहाजहरु, पण्डुब्बीहरु, सैन्य अभ्यासहरु, क्षेप्यास्त्र तथा अणु परमाणु परीक्षण तथा समुद्रका महत्वपूर्ण भागहरुमा माछा मार्ने लगायतका मानव क्रियाकलापहरु आदिले पनि समुद्रको पानी तात्नमा सहयोगी भूमिका निर्वाह गरिरहेका छन् । उत्तरी तथा दक्षिणी ध्रुवको हिउँ पग्लिएपछि समुद्रको चिस्यान र तापमानको सन्तुलनमा ठूलो असर परिरहेको छ । हिम भालु, पेन्गुइन तथा ब्लुह्वेल जस्ता प्राणी प्रायः लोप नै हुने अवस्थामा छन् । अहिले समुद्र निकै विरामी अवस्थामा परेको झैं भएको छ ।

विश्वमा बढ्दै गइरहेको पृथ्वीको तापमान कम गर्ने भनी गरिएको औद्योगिक राष्ट्रहरुको पेरिस सम्मेलनमा गरिएका प्रतिबद्धता अनुसार कुनै पनि राष्ट्रले हरित गृह ग्यास उत्सर्जनमा कमी ल्याउने तथा औद्योगिक प्रदुषणामा कमी ल्याउने खालका कामहरु गरिरहेका छैनन् ।

जमीनका सबै भागहरु अन्तर्गतका देशहरुमा आफ्नो बजार विस्तार, वित्तिय संस्थाहरुमार्फत् संसारभर ऋण लगानी, बहुराष्ट्रिय उद्योगधन्दाहरुमा सस्तो कामदारका रुपमा श्रमिक वर्गमाथि शोषण र हरेक साना तथा कमजोर देशहरुमा आफ्ना दलालहरुको शासन व्यवस्था स्थापना गर्दै आइरहेको साम्राज्यादी पुँजीवादले समुद र समुद्रकाका जलचर प्राणीहरुमाथि पनि अत्याचार र अन्याय गरिरहेको छ । यी अत्याचारी साम्राज्यवादी पुँजीवादीको अन्त्यपछि मात्र जल र थलका सबै प्राणीहरुले उन्मुक्तिको वातावरणमा जीउन पाउने छन् ।