अमेरिकालाई गोराहरुको राज्यको मान्यता दिन ट्रम्पमाथि यहुदीहरुको बढ्दो दबाब

प्रकाशित मिति : २०७५ कार्तिक १४

काठमाडौं । संयुक्त राज्य अमेरिकालाई गोराहरुको राज्को रुपमा मान्यता दिन ट्रम्पमाथि यहुदीहरुबाट निकै ठूलो दबाब परिरहेको छ । राष्ट्रपति ट्रम्प पनि यो दबाबबाट त्यति सन्तुस्ट त छैनन्, तर खुलेर विरोध वा अस्वीकार गर्न पनि सकिरहेका छैनन् । ट्रम्पले जेरुसेलम बनाउन मैले त्यति ठूलो सहयोग गरे, तर यहुदीहरु सधैं मेरो विरोधी र कृतघ्न भई नै रहे । उनको यो टिप्पणीले यहुदीहरु ट्रपसँग रुष्ट भएका छन् । उनीहरुले पिट्सवर्गमा भएको सामूहिक यहुदी हत्या ट्रम्पको केटाकेटीपनले भएको आरोप समेत लगाएका छन् ।

यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र प्रथम महिला मेलानिया ट्रम्पले मंगलवार पिट्सवर्गस्थित ११ जना यहुदीहरु मारिएका स्थानमा पुर्ग सबैलाई श्रद्धाञ्जली दिए । अमेरिकाको इतिहासमा यहुदीहरुमाथि भएको यो सबैभन्दा ठूलो सामूहिक हत्याको कडा शब्दमा निन्दा गर्दै श्रदाञ्जली दिइरहँदा ट्रम्पका विरुद्धमा छेवैमा यहुदी प्रदर्शनकारीहरुले प्रदर्शन गर्दै ट्रम्पलाई स्वागत नगरौं भनिरहेका थिए ।

पिट्सवर्गको यो घटनाबाट यहुदीहरु ट्रम्पसँग निकै नै क्रुद्ध भएका छन् । अमेरिकामा अहिले क्रमशः जनताका वीचमा विभाजन आइ आइरहेको छ र ट्रम्पविरोधी माहौल सिर्जना भइरहेको छ । एक त ट्रम्पको आप्रवासीअमैत्री नीतिले जनतामा आएको विभाजनलाई थप मलजल गरेको छ भने अर्कोतिर संरक्षणवादी राष्ट्रिय नीतिका कारण उनका प्रतिपक्ष राजनीतिक पार्टीहरु उनका विरुद्ध खुलेरै लागेका छन् ।

अरु त अरु यहुदीहरुका गुरु मार्क गुडम्यानले ट्रम्पकैसामु ‘यिनै राष्ट्रपति हुन्, अहिले श्रदाञ्जली दिएका छन् र केही वेरपछि यिनकै बोलीका कारणले फेरि अर्को घटना यहुदीमाथि घट्न सक्छ’ भनिरहँदा प्रदर्शनकारी यहुदीहरुले ‘ट्रम्प तिमीलाई हामीले घृणा गछौं, तिमी घर फर्क’ भनी नाराबाजी गरिरहेका थिए ।

यही नाराबाजीका माझ ट्रम्प परिवारले यहुदी मान्यता अनुसार घटनास्थलमा बत्ति बालेर फूलहरु चढाई श्रद्धाञ्जली व्यक्त गरेका थिए ।