वायु प्रदुषणका कारण प्रत्येक वर्ष २० हजार नेपालीको मृत्यु

वायु प्रदुषणका कारण प्रत्येक वर्ष २० हजार नेपालीको मृत्यु

काठमाडौं । नेपालको कूल जनसंख्याको वर्षेनी मुत्यहुने संख्याको २० प्रतिशत वायु प्रदुषणका कारण मृत्यु हुने गरेको तथ्यांक रहेको छ । यो भनेको निकै दुखदायी कुरा हो । किनकि नेपाल प्राकृतिक जलवायु र हावापानीका कारणले सबैभन्दा सन्दर र मानवमैत्री वातावरण भएको देशमा गणना हुन्छ । तर पछिल्लो पटक नेपालका करिब ९० प्रतिशत नागरिकहरु वायु प्रदुषित वातावरणभित्र बस्न बाध्य भइरहेका छन् ।

बढ्दो सहरीकरण, केन्द्रीकृत शासन व्यवस्था, मापदण्ड विपरीतका यातायात सेवा, पुरानै भान्सा घर र चुल्होको प्रयोग, भेन्टिलेसनको अभाव, वायु प्रदुषणबारेमा रहेको अनभिज्ञता, चल्छ चलिराखेकै छ भन्ने नेपालीहरुको नसुध्रिएको बानी आदि वायु प्रदुषणका कारक रहेका छन् ।

नेपालमा पनि पछिल्लो पटक वायु प्रदुषणयुक्त रोगहरु निकै बढिरहेका छन् । सामान्यतः वायु प्रदुषणका कारण फोक्सो र फोक्सोसँग सम्बन्धित रोगहरु लाग्छन् भन्ने सोच राखिन्छ । तर पछिल्लो अनुसन्धानले मुटुका रोग, मस्तिष्क घातको रोग तथा क्यान्सरहरु वायु प्रदुषणका कारण हुने गरेका छन् । नेपाल यी रोगहरुबाट अछुतो होइन, बरु संक्रमित हुँदै गइरहेको छ ।

नेपालमा बढिरहेको वायु प्रदुषणबाट हुने रोगहरुको रोकथाम र नियन्त्रणका लागि गाउँपालिकाहरु सुधारिएको चूल्हो र धूलो कम हने वा गराउने सडकहरुको प्रयागमा र नगरपालिकाहरु यातायातजन्य वायु प्रदुषणदेखि बढी शतर्क हुनु पर्छ ।