फेरि तात्यो कञ्चनपुर

प्रकाशित मिति : २०७५ कार्तिक १३

काठमाडौं । बलात्कारपछि हत्या गरिएकी निर्मलालाई राज्यले न्याय दिलाउन नसकेको भन्दै कञ्चनपुरमा फेरि जनसागर सडकमा ओइरिन थालेको छ । सोमवार निर्मलाको बलात्कार तथा हत्याको दोषी पत्ता लगाउन सरकार नै अनिच्छुक भएको भन्दै स्थानीय जनताले महेन्द्रनगरमा विरोध प्रदर्शन गरेका थिए ।

सरकारले निर्मलाको हत्यारा पत्ता लगाउन घटना भएको वरिपरिको वस्तीमा सैयौंको डीएन्ए परीक्षण गरिरहेको समाचार प्रकाशमा आएको छ । तर जनतालाई के कुरामा विश्वास समेत छैन भने निर्मलाको बलात्कारीको डीएनए साँच्चिकै पठाइएको छ र ? योजनावद्ध रुपमा सबै प्रमाणहरु नस्टहरु गरिएका बेलामा डीएन्ए कसरी पठाएको हसन सक्छ ?

निर्मलाको केस अनुसन्धानअन्तर्गत रहेकाले यसबारेमा सम्बन्धित पक्षहरुले माग गरे अनुसारका सूचनाहरु उपलब्ध गराउन नसकिने भन्ने अनुसन्धानको सामान्य मान्यतालाई कभर (छेकबार) बनाएर जनतालाई ढाँटिरहने र कुरा पन्छाइरहने काम त भइरहेको छैन ? धेरै लामो समयसम्म सूचना सरकार आफैले लुकाएर जनतालाई गुमराहमा राख्न पनि त प्रत्युत्पादक होला नि !

निर्मलाको केस त आफैमा निकै रहस्यमय बनाइएको छ । पहिलो कुरा घटना आफैमा निकै रहस्यमय छ । दोस्रो कुरा, सचेत र योजनाबद्ध रुपमा प्रमाण नस्ट गरिएको छ । तेस्रो कुरा, स्थानीय प्रशासनका सीडीओ र जिल्ला प्रहरी प्रशासन सिंगो नै त्यसमा मुछिएको छ । चौथो कुरा, प्रधानमन्त्री केपी ओली, नेकपाका अध्यक्ष पुष्पकमल दाहाल र नेकपाका नेता भीम रावलले यो वाम सरकार ढलाउने खेल भनेर उफ्रिने गरेका छन् । पाँचौं कुरा, डीएनए साँच्चै पठाइएको छ त ? छैठौं कुरा, अपराधी भनी यातना दिइएका मानसिक सन्तुलन गुमेका भनिएका दिलिपसिंह बिष्टलाई क्षतिपूर्ति नै दिइएको र दिलाइएको छैन ।

दुईजना प्रहरी अधिकारी विष्ट र भट्टको कार्वाहीलाई प्रहरीभित्रैबाट भीडको दवावमा गरिएको कारवाही भनिएको छ । सबै प्रमाण योजनाबद्ध रुपमा विष्ट र भट्टले नस्ट गरेका छन् नि त । जनताले नांगा आँखाले देखेकै छन् । यस बापत कार्वाही भोग्नु पर्दैन र ? दण्डहीनताको राज जनताका लागि सैह्य छैन । अब जनताले के कुरामा कसरी विश्वास गर्न सक्छन् राज्यको ? कुराहरु सामान्य र चानचुने छैनन् ।