काठमाडौं । नेपालमा हाल संसदबाट पारित गरी प्रयोगमा ल्याइएका भनिएका संहिताऐनहरु दिल्लीमा ड्राफ्ट भएको खुलासा हुन आएको छ । यी संहिताऐनहरु नेपालको संविधानको भावना र मर्मसँग मेल खान त खाँदैनन नै उल्टै संविधानसँग हदैसम्म बाझिएका पनि छन् । संविधान घोषणा हुँदा भारतले पोखेको तिक्तता उसले संहिता ऐनहरु ड्राफ्ट गरेर नेपालको संसदबाट पारित गराई कानुनका रुपमा नेपालमाथि लादिसकेको छ ।
संविधान नै नाकाम हुने गरी बनाएइएका यी संहिताऐनअनुसार संंविधानको वृहद् संशोधनको तयारी गोप्य रुपमा चलिरहेको छ । यसका लागि दिल्ली निकै लागि परिहेको छ । नेपालमा माइक्रो म्यानेजमेन्टमा रहेको दिल्ली यसका लागि वातावरण बनाउन निकै लागि परेको छ ।
नेपालमा संहिता ऐनहरुमा व्यवस्था गरिएअनुसारका प्रावधानहरु वर्तमान संविधानसँग बाझिएका छन् । संविधानमा व्यवस्था भएअनुसार ऐन तथा संहितामा बाझिएका प्रावधानहरु बाझिएका हदसम्म अमान्य हुने छन् ।
तर संसदमा संकटकाल लगाएर सबै नियमहरु निलम्बन गरी आधा रातमा पारित गरिएका ऐन तथा संहिताहरुले वर्तमान संविधानको मर्म र भावनामाथि नै हमला गरेका छन् । ‘फास्ट ट्रयाक’ का नाममा रातारात पास भएका यी ऐन तथा संहिताहरुमा केके छन्, सार्वजनिक पनि गरिएका छैनन् । जनताका मौलिक हकसँग सम्बन्धित संहिताऐनहरु झनै खतरनाक किसिमले ड्राफ्ट गरिएको हुनसक्ने धेरैको अनुमान छ ।