त्रिवि विश्वका एकहजार उत्कृष्ट विश्वविद्यालयहरुमा

काठमाडौं । त्रिभुवन विश्वविद्यालय विश्वका एक हजार उत्कृष्ट विश्व विद्यालय अन्तर्गत परेको छ । विश्वका पाँच हजार उत्कृष्ट विश्वविद्यालय अन्तर्गत पार्ने त्रिविसम्बद्ध सबैको प्रयासअनुसार यो उपलब्धि हासिल हुन गएको बताइएको छ । अब यसलाई विश्वका पाँच सय उत्कृष्ट विश्वविद्यालयको सूचिमा राखिने भनी प्रयासको थालनी गरिने भएको छ ।

यसका लागि त्रिविलाई राजनीति मुक्त गरिनुपर्ने, अध्ययन अध्यापनका पुरानै ढंगका तौरतरिकामा परिवर्तन ल्याउने, पढाइको गुणस्तर बढाउने, प्रयोगशालाहरुको विस्तार गर्ने तथा अध्ययनको वातावरणलाई आकर्षक र रमणीय बनाउने कुराहरुका व्यवस्थापन पक्ष लाग्ने बताइएको छ ।

त्रिवि तथा यससँग सम्बन्धन प्राप्त विद्यालयहरुमा हाल करिब ३ लाख ७० हजार विद्यार्थीहरु अध्ययन गरिरहेका छन् । तर त्रिवि एक्लैमा भने विद्यार्थीहरुको पढाइमा चासो घट्दै गइरहेको, भर्ना हुन नआएको, शिक्षहरुले गुणस्तरीय सेवा दिन नसकेको, चाकरी र चाप्लुसीको स्थान रहेको, प्रत्यक्ष राजनीतिक हस्तक्षेप रहेको आदि कारणले विद्यार्थी संख्यामा निकै नै कमी आउँदै गएको छ ।

शैक्षिक पक्षहरुमा व्यापक सुधार ल्याउने र विगतमा रहेका कमी कमजोरीहरु हटाउने कुरामा सबै लागेमा शैक्षिक स्तर उन्नयन हुन गई अपेक्षित लक्ष्य पूरा हुनसक्ने पनि देखिन्छ ।