काठमाडौं । अमेरिका–उत्तर कोरिया शिखर वार्ता अझैं तन्कने अवस्थामा छ । दक्षिण कोरियाको मध्यस्थतामा लम्बिइरहेको यो वार्ता अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले उत्तर कोरिया भ्रमण गरेपछि झनै लम्बिएको हो ।
एशियामा बारम्बार हस्तक्षेप र भ्रमण गरिरहन चाहेको अमेरिका उत्तरकोरियाको शिखर वार्तालाई निहुँ बनाएर एशिया भ्रमणको चक्कर लगाइरहेको छ । निहुँ कोरियाली शान्ति स्थापना भए पनि अमेरिकाका आँखा रुस र चीनतिर नै लागिरहेका छन् ।
हुन त रुस र चीनले पनि उत्तर कोरियासँग अमेरिकालाई अल्झाएर केही थप सूचना संग्रह गर्ने पक्षमा नरहेका छैनन् होला भन्न सकिदैन । तथापि अमेरिकाले भने निकै खेल्ने ठाउँ पाएको भनेर राजनीतिक विश्लेषकहरुले बताउन थालेका छन् । अमेरिका उत्तर कोरियामा पछिल्लोपटक विकास गरिएको प्रविधि कहाँबाट ल्याइएको हो भन्ने कुरा पत्ता लगाउन निकै लागि परेको छ ।
यसका साथै अमेरिका एशिया र त्यसमा पनि चीन र रुसको रणनीतिक फौजी अध्ययनका लागि ‘रेकी’ गरिरहेको छ ।