काठमाडौं । कञ्चनपुरको भीमदत्तनगरपालिका उल्टाखामकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार तथा हत्या प्रकरणमा गृहमन्त्रालयद्वारा खटाइएको अनुसन्धान तथा छानविन समितिले प्रतिवेदन आइतवार सार्वजनिक गरेको छ । सार्वजनिक गरिएको प्रतिवेदनमा घटनामा संलग्न दोषीलाई प्रष्ट चिनिने गरी हुलिया दिइएको छ । तर यही नै हो भनी किटानी गरिएको छैन ।

हार्दिक शुभकामना !

यो छानविन प्रतिवेदनले बिरालाको घाँटीमा कसले घण्टी झुण्ड्याउने भन्ने प्रश्न थाती राखेको छ । यो बिरालो आफै दोषी भएर सारा प्रमाणहरु नस्ट गर्ने काममा अग्रसर भएको र कञ्चनपुरस्थित आफ्नो प्रहरी प्रशासन परिचालन गरेको हो कि उसलाई अरु कसैले उक्त कार्य गर्न र गराउन निर्देशित गरेको हो ?

छानबिन सािमतिले प्रमाण नस्ट गर्दाको र त्यसपछिको विवरण पेश गरेको छ । सिंगो परिवेश नियाल्दा शंकाको घेरामा डीएस्पी डिल्लीराज विष्ट नै रहन्छन् । प्रमाण नस्ट गर्नमा सिंगो फौजफकिर परिचालन भएको छ, तर विष्ट भने पानी माथिको ओभानो हुन खोजिरहेका छन् ।
अनुसन्धान र छानबिनको यो प्रक्रिया अतिरिक्त प्रहरीकै केन्द्रीय अनुसन्धान व्युरो सिआइबीको टोलीले पनि अनुसन्धान तीव्र पारेको बताइएको छ । तर अभियुक्त खुट्याउन नसकी अलमलमा परेको बताइएको छ ।

राजनीतिक पार्टीहरुमा नेताहरुको कमी कमजोरी कार्यकर्ताहरुले औल्याउन र भन्न गाह्रो माने झैं प्रहरीको वृत्तमा पनि त्यो समस्या आएको पो हो कि ? यसका लागि एक स्वतन्त्र छानबिन कमिटिको जरुरी पनि देखिएको छ । संस्थागत भन्नेले गरिखाएको देखिएन ।

घटनाको सुरुवातमै गरिएको प्रमाण नष्टको प्रक्रियालाई प्रहरी लापरवाही भन्न नै मिल्दैन । बरु के हो भने गल्ती माथिल्लो तहको अधिकारीबाटै भएको छ । अर्को कुरा, प्रहरी संयन्त्र काजी र मुखियाहरुको प्रणालीमा चलेको रहेछ । अनुदारहरुको हैकममा यो प्रशासन चलिरहेको प्रस्ट देखिन्छ । यो पेशाप्रति प्रतिवद्ध, प्रजातान्त्रिक र निपूर्ण पनि रहेनछ । हाकिम मुखी र ‘हवस हजुर’ मा चलेर आएको देखिएको छ ।

घटनाको सुरुमा भएका सबै काम लापरवाही भन्न नै मिल्दैन । यो सुनियोजित रुपमा प्रमाण नष्ट गर्न भएगराइएका कामहरु हुन् । यसमा ओली, प्रचण्ड र भीमरावलसमेत् पनि सरकार विरोधी हर्कत भनेर सतहमा आएपछि उनीहरु पनि शंकाको घेरामा छन् । अनुसन्धान त्यहाँबाट गरिनु पर्छ । किनकि ओलीप्रचण्डले अनुसन्धान निकै प्रभावित पारेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर