त्रिभुवन विमानस्थलबाट अवैध सुनसहित दुईजनालाई पक्राउ

त्रिभुवन विमानस्थलबाट अवैध सुनसहित दुईजनालाई पक्राउ

काठमाडौं, असोज १८ । त्रिभुवन विमानस्थलको पार्किङ क्षेत्रबाट दुईजनालाई प्रहरीले अवैध सुनसहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा नवलपरासी सातपट्टी–२ घर भएका ३० वर्षीय डोलराज न्यौपानेसहित २ जना रहेका छन् । उनीहरुको साथबाट २ सय ९२ ग्राम सुनको बाला बरामद गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेकाहरुले विदेशबाट आएका यात्रुहरुले ल्याएको सुन अवैध रुपमा संकलन गर्ने गरेका थिए । ६ ओटा बालासहित बुधबार पक्राउ परेका उनिहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।