काठमाडौं । अमेरिकी राष्ट्रपति ट्रम्प माकुरोजस्तै आफैले निर्माण गरेको करको जालोमा आफैं फस्दै जान थालेका छन् । सन् १९९०को दशकमा उनी उनका परिवारलाई लाखौं डलरको कर छलीमा दोषी भएको भनी वासिंगटनबाट प्रकाशित हुने पत्रपत्रिकाहरुले प्रकाशित गरेका छन् ।
ट्रम्प आफैमा एक नम्बरका अमेरिकी व्यापारीहरुमा गनामा पर्दछन् । उनले धेरै महिलाहरुसँग राखेको यौन सम्बन्धहरुका बारेमा बारम्बार कुराहरु बाहिर आउने र उनलाई नैतिक संकटमा पार्ने गरिहेको बेला पछिल्लो पटक भने कर छलीको अलि केही भिन्न र गम्भीर प्रकारको आरोप उनीमाथि आइलागेको छ ।
यसका बारेमा पनि उनीमाथि थुप्रै प्रश्नहरु उब्जिने छन् । अनुसन्धान र खोजबिन पनि हुने संभावना प्रवल छ । अमेरिकी जनता त्यसै त पछिल्लो पटक ट्रम्पसँग विमति राख्न थालेका छन्, झन् यो कुरा प्रमाणित नै भएमा उनी साँच्चिकै महाअभियोग सामना गर्ने प्रक्रियाको नजिकनजिक पुग्ने अमेरिकी विश्लेषकहरुले बताउन थालेका छन् ।