काठमाडौं । दसैं आउन केही दिन मात्र बाँकी छ । तर बजारमा चिनीको निकै अभाव खड्किइसकेको छ । चिनीको मूल्य पसलैपिच्छे फरक छ । कतै सत्तरी रुपैयामा पाइने चिनी कतै असी त कतै नब्बे र पन्चानब्बे रुपैयासम्म बिक्रि भइरहेका छन् ।

हार्दिक शुभकामना !

पसलेहरुले दसैंका दिनसम्म त चिनी पनि पाइँदैन भनी हल्ला फिँजाउने गरेका कारण जनताले त्यही महंगो चिनी पनि चाहिने भन्दा बढी घरघरमा स्टोर गर्न थालेका छन् । दसैंमा बन्ने परिकारहरुमध्ये चिनीका परिकार सबैभन्दा बढी बन्ने गर्दछन् । चियाका लागि पनि नेपाली समाजमा चिनी निकै खपत हुने गरेको छ ।

केही दिन पहिले प्रधानमन्त्री ओली आफैले नेपालका चिनी दलाल तथा व्यापारीहरुसँग मिलेर पर्वका असवसरमा भारतबाट आउने चिनी बन्द गर्न लगाएका थिए । त्यसपछि हल्लाका रुपमा चलेको चिनी अभाव अहिले आएर यथार्थमा परिणत भएको छ । त्यतिबेलाको चिनी अभाव भए के गर्ने भन्ने प्रश्नको जवाफमा अमूर्त रुपमा नेपालमा चिनी निकै स्टोर भएकाले नेपालीहरुलाई एकवर्षसम्म नै पुग्ने भनिएको थियो ।

तर आज अवस्था त्यसो छैन । सरकार पनि बोलेको छैन । सस्तो पसलको नाममा निकै ठूलो रकम हिनामिनामा लागेको छ । अर्कोतिर प्रधानमन्त्री ओली एक किलो चिनीको कालोबजारी गरी चार पैसा भए पनि कमिसन लिन लाायित देखिएका छन् । सधैं भारतले गरेर हुने नाकाबनदी यसपटक भने प्रम ओली आफैले गरेका छन् ।

ओलीले गरेको चिनी नाकाबन्दीका कारण नेपाली जनताहरु निकै ठूलो मारमा परेकका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर