काठमाडौं । निर्मला हत्याकाण्डका दोषी त अझैं सम्म पनि पत्ता लागेनन् नै । बरु योजनवद्ध रुपमा निर्दोष नागरिकलाई अपराध कबोल गराउन यातना दिंदा ती नागरिकहरु गहिरो मानसिक तनावमा छन् ।
निर्मला बलात्कार तथा हत्याकाण्डको छनबिनका नाममा लिइएका कञ्चनपुरका स्थानीय निर्दोषहरुलाई सरकारले क्षतिपूर्तिको कुनै कुरा पनि गरेको छैन । जनस्तरमा सामान्य देखेसोका कुरा त गरिरहेका छन्, तर क्षतिपूर्तिको माग गरिरहेका छैनन् । तिनको उपचारका लागि लामो समय र ठूलो खर्च लाग्ने देखिन्छ ।
यसको दोष सरकार र यसको सुरक्षा निकाय गृह मन्त्रालयलाई जान्छ । बलात्कार र हत्याका प्रमाणहरु स्वयम डीएसपीहरु आफै गएर मेटाउने तर निर्दोष नागरिकलाई लिएर अपराध कबोल गर्न गराउन यातना दिने । यसको क्षतिपूर्ति सरकार यसको मातहतमा रहेको गृहमन्त्रालयले दिनु पर्छ ।
यसका लागि सम्बन्धित पीडित व्यक्तिहरुले, उनका आफन्तहरुले र स्थानीय मानवअधिकार कर्मीहरुले गर्नुपर्छ । यो सार्वभौम अधिकारसम्पन्न नेपाली नागरिकहरुको अधिकारको प्रश्न पनि भएकाले देशका सिंगो जनताले पनि साथ दिनु पर्छ ।

हार्दिक शुभकामना !

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार