काठमाडौं, असोज १० । यू–१९ एसिया कप क्रिकेटको लागि मंगलबार १५ सदस्यीय नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा भएको छ ।
यही असोज १२ देखि असोज २१ गतेसम्म बंगलादेशमा हुने उक्त प्रतियोगिताका लागि मोहमद आरिफ शेखको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा भएको हो ।
टोलीमा कमलसिंह ऐरी उपकप्तान, रोहितकुमार पौडेल, रवी साह, नन्दन यादव, रित गौतम, पवन सर्राफ, रवीन्द्रजङ्ग शाही, रशिद खान, भीम सार्की, अरुण ऐरी, तीर्थराज दास, सन्दीप जोरा, सागर ढकाल र सूर्य तामाङ रहेका छन् । टोलीको व्यवस्थापकमा शक्ति गौचन, मुख्य प्रशिक्षकमा विनोद दास तथा सहायक प्रशिक्षकमा मनोज कटुवाल रहेका छन् । नेपाली टोली बिहीबार ढाका प्रस्थान गर्नेछ ।