फकाउन सके उत्तर कोरियालाई अर्को ‘जापान’ वा ‘ताइवान’ बनाउने अमेरिकी रणनीति

फकाउन सके उत्तर कोरियालाई अर्को ‘जापान’ वा ‘ताइवान’ बनाउने अमेरिकी रणनीति

काठमाडौं । संयुक्त राष्ट्रसंघको महासभामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एशियाली देशहरुका विरुद्ध रोष प्रकट गर्दै आफ्नो सम्बोधन भाषण सिध्याए । यसका साथै अमेरिका पहिलेको भन्दा बढी सुरक्षित र समृद्ध रहेको पनि बताए । तर यो सुन्ने बित्तिकै महासभाहलमा हाँसोको फोहरा छुटेको थियो ।

महासभाको संबोधनमा उत्तर कोरियासँगको वार्तालाई निकै महत्वका साथ प्रचार गरे ट्रम्पले । उनले छिट्टै उनलाई भेट्ने पनि बताए । अमेरिकी रणनीतिमा उत्तर कोरिया फकाउन सकेमा चीनबाट अलग गराउने यदि नभएमा कोरियामा शान्ति वार्ताका नाममा भूगोल सर्भे र नजिकैबाट चीनको सैन्य रणनीतिक अध्ययन गर्ने दाउँ रहेको बुझिन्छ । वार्ताको नाममा अमेरिकी तथा दक्षिण कोरियाली गतिविधि केही बढी हुन थालेपछि हुन सक्छ केही समयपछि चीनको आग्रहमा उत्तर कोरियाले एकतर्फी वार्ता भंग भएको घोषण पनि गर्नसक्छ ।

यसका साथै ट्रम्पले मध्यपूर्वको प्रसंग कोट्याउँदै इरानमाथि फौजी आक्रमण गरिने भावमा रोष पनि प्रकट गरे । यसबाट उनी अब तेलमाथिको अधिपत्य जमाउन लागिपर्ने बुझिन्छ । शायद मध्यपूर्वमा सानोसानो तेल युद्धको संभावना नजिकै देखिन्छ ।

त्यसै गरी ट्रम्पले चीनसँग आफ्नो शत्रुता बढेको प्रस्ट देखाए । व्यापार करयुद्ध भइरहेका बेला ट्रम्पले चीनसँग सामरिक तथा फौजी विषयहरुमा प्रवेश गरेर असमझदारीको दायरालाई झनै टाढा बनाउँदै लगेका छन् । फुटाउ र शासन गरको नीति पनि हुनसक्छ, उनले रसियालाई भने छोएका छैनन् ।

महासभाको हलमा अमेरिकी राष्ट्रपतिको भाषणका अनुसार अमेरिकाको हालको निशाना मध्यपूर्व, उत्तर कोरिया र चीन रहेको खुलासा भएको छ । एशिया महादेश नै अमेरिकाको पहिलो निशानामा रहिरहेको देखिन्छ । त्यो पनि मूलतः चीनलाई घेर्ने रणनीति अनुसार नै छ ।