यस्तो देखियो निर्मला पन्तको बलात्कारी तथा हत्यारालाई कारवाही गर भन्दै संयुक्त महिला संघर्ष समिति निकाल्यो विशाल जुलुस (फोटोमा हेर्नुस्)

यस्तो देखियो निर्मला पन्तको बलात्कारी तथा हत्यारालाई कारवाही गर भन्दै संयुक्त महिला संघर्ष समिति निकाल्यो विशाल जुलुस (फोटोमा हेर्नुस्)

काठमाडौं, असोज ५ । निर्मला पन्तको बलात्कारी तथा हत्यारा लगायतका अन्य महिला हिंसाको विरुद्धमा शुक्रबार संयुक्त महिला संघर्ष समितिले एक विशाल जुलुस निकालेको छ । माइतीघरबाट सुरु भएको उक्त जुलुस बबरमहल, बिजुलीबजार हुँदै नयाँ बानेश्वरमा आएर कोणसभामा परिणत भएको थियो ।

जुलुसमा महिला हिंसा बन्द गर, निर्मला पन्तको वास्तविक बलात्कारी हत्यारालाई कारवाही गर, श्रृंखलावद्ध बलात्कार हत्या, हिंसा नियन्त्रण गर, महिलाहरुको पक्षमा भएका कानुनहरु कार्यान्वयन गर, महिला आन्दोलन जारी छ, महिला एकता जिन्दावाद, रौतहटमा भएको एसिड आक्रमणको दोषिलाई कारवाही गर, लक्ष्मी नेपालीको हत्यारालाई कारवाही गर, महिला माथि हुने सबै खाले हिंसाको अन्त्य गर, प्रधानमन्त्री जोकमा जनता सबै सोकमा भन्ने लगायतका नाराहरु लगाएका थिए ।